27 C
Kathmandu
Sunday, May 16, 2021

ब्रिक्षरोपन गर्दै चौतरी सामुदायिक बन

- Advertisement -
- Advertisement -spot_imgspot_img

रजहर, नारायण सुबेदी। समुदायलेनै बनको संरक्षण गर्न आवस्यक रहेको जिल्ला वन कार्यालय नवलपरासीका अधिकृत बिजयराज सुवेदीले बताउनुभएको छ  । शुक्रवार नवलपरासीको देवचुलि नगरपालिका १७मा रहेको चौतारी सामुदायक उपभोक्ता संस्था रजहरको आयोजना तथा जिल्लाव कार्यलय नवलपरासीको सहयोगमा आयोजना गरिएको वन संरक्षण कार्यक्रम तथा बृक्षा रोपण कार्यक्रममा बोल्दै अधिकृत सुवेदीले सो कुरा बताउनु भएको हो । वहाले वन क्षेत्र भित्र रहेका अतिक्रमित क्षेत्रलाई बढाउन नहुने समेत बताउनुभयो । वनको क्षेत्रफल घटाउन भन्दा बढाउन आवस्यक रहेकोले वन अतिक्रमण कार्यहरु पनि सिमा भन्दा बाहिर नजान आग्रह गनुभयो । चौतारी सामुदायिक वनले वन संरक्षणको विषयलाई अति महत्वका साथ हेरेको र संरक्षणमा वनका उपभोक्ता तथा समुदायले पनि सहयोग गरेको बताउनुभयो । आयोजित कार्यक्रममा विभिन्न १२ थरिका विरुवाहरु लगाइएको थियो । कुल क्षेत्रफल ३ सय ६७ दशमलव ६१ प्रतिशत रहेको वनको क्षेत्रफल मध्ये १ दशमलव ५६ हेक्टर क्षेत्रफलमा बृक्षा रहेपण गरिएको वनका अध्यक्ष झपिद्र रानाले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला वन नवलपरासीका अधिकृत बिजयराज सुवेदी लगाएत सामुदायिक वन महासंघ नवलपरासी अध्यक्ष ठाकुर प्रसाद पण्डे , सेक्टर वन कार्यलय कावासोतीका प्रमुख कृष्ण देवकोटा लगायतको सहभागिता रहेको थियो । असार-३०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्