27 C
Kathmandu
Saturday, May 8, 2021

कावासोतीको नगर सभामा काग्रेस माओवादीको अवरोध

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा , असार ३०
नवलपरासीको कावासोती नगरपालिकाको प्रथम नगर सभा काग्रेस र माओवादी केन्द्रका जनप्रतिनिधीको अवरोधका कारण केहीबेरका लागि स्थगित भएको छ । नीति तथा कार्यक्रम प्रति असन्तुष्ट्रि जनाउदै आएका ९ ओटा वडाका वडाध्यक्ष र सदस्यले सभा प्रतिकार गरेपछि मेयर चन्द्राकुमारी पुनले आधां घण्टाका लागि सभा स्थगित गर्नुभएको छ । उपमेयर प्रेम शंकर मर्दनियाले आर्थिक वर्ष ७४ /७५ का लागि निती तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा काग्रेस र माओवादीका प्रतिनिधिले अवरोध गरेपछि सभा स्थगित भएको हो । पुजिगत बजेट मात्र वडामा पठाउने र लक्षित वर्गको वजेट केन्द्रबाट नै विनियोजन गर्ने भन्दै वडाको अधिकार कटौती गरेको भन्दै सभालाई तत्काल रोकेर छलफल बाट निकास निकालौ भन्दा एक लौटी गरेकाले अवरोध गरेका वडा नम्बर ३ का वडाध्यक्ष अमृत श्रेष्ठले बताउनुभयो ।
विषयगत समिती गठन गर्दा समेत बहुमतको दम्भमा एमाले बाट निर्वाचित जनप्रतिनिधिले एकलौटी निर्णय गरेकोमा अन्यदलका जनप्रतिनिधिले विरोध जनाउदै आएका छन् । मेयर पुनले असन्तुष्ट्रि केही भए बसेर छलफल गर्न आफुले आग्रह गरेको भन्दै छलफल बाटै निकास निष्कने बताउनुभयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्