27 C
Kathmandu
Saturday, July 31, 2021

नेपाली राजनीतिका गान्धीवादी कांग्रेस नेता जोशी रहेनन्, आज दाहसस्कार गरिदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री रामहरि जोशीको बिहीबार साँझ निधन भएको छ । दम र निमोनियाको उपचारमा रहेका नेता जोशीको बिहीबार साँझ ७ः३० बजे ग्राण्डी अस्पतालमा निधन भएको उनका भतिजा विष्णु जोशीले जानकारी दिए । घरको शौचालयमा लडेर चोट लागेपछि उनलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो ।

दिवंगत कांग्रेस नेता रामहरि जोशीको आज अन्तिम दाहसंस्कार गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर श्रदाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, जोशीको शव बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ । १० बजेपछि भने उनको शवलाई पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गर्ने कार्यक्रम छ ।

सर्लाही स्थायी घर भएका उनी ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आएका थिए । विसं १९८३ मा सर्लाहीमा जन्मिएका नेता जोशी का रुपमा परिचित थिनेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताए । काँग्रेसमा हालका नेतामध्ये सबैभन्दा पाका नेताका रुपमा रहेका उनी अविवाहित हुन् ।

आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष कारागारमा परेका उनी विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । असार-३०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्