27 C
Kathmandu
Saturday, May 8, 2021

प्रधानन्यायाधीश कार्की प्रकरणः महाअभियोगसम्वन्धी रिट संवैधानिक इजलासमा पठाउन आदेश

- Advertisement -
- Advertisement -spot_imgspot_img

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दायर महाअभियोग सम्वन्धी रिटको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यो मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएको हो । साथै संसदमा दर्ता भएको महाअभियोग फिर्ता भए नभएको जानकारी गराउन पनि भनिएको अधिवक्ता सुनिल रञ्जन सिंहले बताए ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले तत्कालीन प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल एजलासले महाअभियोग अघि नबढाउन अन्तरिम आदेश दियो । लगतै कार्की पुनः काममा फर्किइन् । उनले उमेर हदका कारण अवकास पाइसकिन् भने दलहरुले पनि महाअभियोग प्रस्ताव फिर्ता लिइसकेका छन् । तर, अदालतमा मुद्दा भने टुंगिएको छैन । असार-२९, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्