27 C
Kathmandu
Saturday, May 8, 2021

नवलपरासीको कावासोतीमा नवज्योती महिला बचत तथा ऋण सहकारी सस्थाले वितरण गर्यो कृषकहरुलाई कृषि तथा सिंचाईका सामग्री

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा । नवलपरासीको कावासोतीमा नवज्योती महिला बचत तथा ऋण सहकारी सस्थाले आफु मातहतका समुहका कृषकहरुलाई कृषि तथा सिंचाईका सामग्री वितरण गरेको छ । आज एक कार्यक्रम गरी सस्थाले स्वास्थ्य आईपिएम् कृषक समूह, नारायणी आईपिएम् कृषक समूह, मिलन आईपिएम् कृषक समूह, समावेशी आईपिएम् कृषक समूहलाई पावर टिलार खरिदकालागि ६० हजार रुपैया, पम्पसेट, मोटर, टनेल लगाएतका सामाग्री वितरण गरेको हो । कारितास नेपालको सहयोगमा उक्त सामाग्रीहरु उपलब्ध भएका हुन । कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका कावासोती नगरपालिकाका प्रमुख चन्द्र कुमारी पुन त्यसै गरि कार्यक्रमका सभापति समेत रहनुभएका सस्थाका अध्यक्ष नारायणी भट्टराई र  कारितास नेपालका प्रतिनिधि राजन राईले संयुक्त रुपमा सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा कावासोतीका विभिन्न वार्डका वार्ड अध्यक्ष, सदस्य, लगाएत विभिन्न कृषक समुहका कृषकहरुको उपस्थिति रहेको थियो । असार-२९, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्