27 C
Kathmandu
Wednesday, August 4, 2021

नवलपरासीमा जव बाडी आएको संकेतको सईरन बज्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको नारायणी नदी किनार सुस्तामा रहेको टावरमा रातो बत्ति बलेर साईरन एक्कासी बज्यो । साईन बज्ने वित्तिकै सबै गाउंले बाहीर निस्कीए । कोही बच्चा काखंमा च्यापेर निस्कीएत कसैले लत्ता कपडा लिएर बाहीर आए । घरको तल्लो भागमा रहका खाध्यान्न र लत्ताकपडा माथील्लो भागमा राख्न सबैलाई भ्याई नभ्याई भयो । यतिकैमा गाउंकै केही युवा लाईफ ज्याकेट , डोरी , , हावा भरेको रबर (टिउं)पानी र प्राथमीक उपचारका सामग्री लिएर उद्धारका लागि तम्तयार भए । यो दृष्य देख्दा लाग्थ्यो अव केही भवितब्य हुदैछ । तर , यो कुनै भवितब्य नभएर नारायणी नदीमा बाढी आईहाल्यो भने कसरी बच्ने र उद्धार कसरी गर्ने भन्ने विषयमा गरीएको पुर्वअध्यास थियो । नेपाल भारत सिमा उत्थानसिल समुदाय परियोजना र स्थानीय विपत व्यवस्थापन समितीले पुर्वअभ्यास गरेका हुन् ।

सुस्तामा वर्षेनी नारायणी नदीमा आएको बाढीले खेतियोग्य जग्गा कटान गर्नुको साथै बस्ति डुवानमा पार्ने गर्दछ । आकासमा बादल मडारीने वित्तिकै सबैलाई बाढी आउने पिरलो पर्दछ । अहीले बाढी बाट हुने क्षती न्युनिकरणका लागि यहां जलमापन केन्द्र नारायणी नदीमा पानीको सतह मापन गर्ने प्रविधि राखीएको छ । पानीको सतह ८ मिटर भन्दा बढी भएपछि यहां खतराको सुचक रातो बत्ति बलेर साईरन बज्न थाल्दछ । जस्ले गर्दा स्थानीय र प्रशासन दुवैलाई बाढी आउन लाग्यो भन्ने पुर्वसुचना प्राप्त हुने गर्दछ । परियोजनाका कार्यक्रम संंयोजक सुरेश पौडेलका अनुसार पहिले बाढी आउने नआउने थाहा नपाएर क्षती बढी भएको भएपनि अहीले बाढीको पुर्वसुचना पाउने हुदा स्थानीयले समेत राहातको महसुस गरेका छन् । बाढी आउदैछ भन्ने थाहा पाएमा आफ्ना महत्वपुर्ण सामाग्री , वालबच्चा र वृद्धवृद्धालाई तत्काल उद्धार गर्न सकीने हुदा केही सुरक्षित महसुस गरेको स्थानीय मन्सी गुस्ताले बताए ।
प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाका अनुसार जिल्ला दैविक प्रकोप उद्धार समितीले सम्भावित प्राकृतिक प्रकोपको क्षती न्युनिकरणका लागि चौविसै घण्टा तयारी अवस्थामा रहेको बताए । ‘हरेक सुरक्षा निकायको विशेष टोली , स्थानीय र अन्य संघसंस्थाको सहयोगमा स्पेसल फोर्स तयारी अवस्थामा छ । ’रानाले भने , ‘ प्रकोप पछि पीडितका लागि आवश्यक पर्ने खाध्यान्नको लागि उद्योग वाणीज्य संघको सहकार्यमा फुुड वैकं स्थापना गरीएको छ । ’ जिल्ला प्रशासन कार्यालयले जिल्लालाई ६ भागमा विभाजन गरेर हरेक क्षेत्रमा तत्काल उद्धारका लागि संयोजक तोकेर काम अगाडी बढाएको छ ।
समिती तयार भएपनि उद्धारका लागि आवश्यक सामग्रीको अभाव भएको प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको नारायणी नदीको आसपासको क्षेत्र र खहरे खोलाको तटीय क्षेत्रलाई उच्च जोखीममा राखेर सोही अनुसारको तयारी गरीएको छ । खहरे खोलाले समेत क्षती निम्ताएको भन्दै जिल्ला भर पुर्वतयारी सुरु गरीएको छ । नारायणी नदीको गण्डक क्षेत्रका ेसुस्ता , कुडीया , नर्सही , पक्लीहवा , भुजहवा , सोमनी , प्रतापपुर लगाएतका क्षेत्र बाढीको जोखीममा रहेका छन् । असार-२९, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्