27 C
Kathmandu
Saturday, July 31, 2021

नवलपरासीको सास्वत धाममा भक्तजनको चाप बढेपछि पार्किङ्ग अव्यबस्थित बनेको भन्दै स्थानियले गरे यस्तो

- Advertisement -
- Advertisement -spot_imgspot_img

बिबेक भण्डारी ।नवलपरासीको देवचुली-२ मा चौधरी ग्रुपले स्थापना गरेको सास्वत धाममा अवलोकन गर्न आउने दर्शनार्थी बढेपछि अव्यवस्थित बन्दै गएको पार्किङकाे व्यवस्था मिलाउनु पर्ने स्थानियले माग गरेका छन । बुधवार देवचुली नगरपालिका वडा नम्बर-२ का वडा अध्यक्ष सहितकाे टाेलिले त्यसै त साघुराे सडक त्यसैमा पनि अव्याबस्थित पार्किङ्ग का कारण दुर्घटना बढ्दै गएको बताएका छन् । यो धाम नवलपरासीकै गहना भएको र यहा अाउने तिर्थालु लाई असहज नहुनेगरी यातायात र पार्किङ्गलाई उचित तवरले व्यवस्थापन गर्नुपर्ने देवचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव के सीले जानकारी गराउनुभयाे । केसीका अनुसार सास्वतधाममा पार्किङकाे उचित व्यवस्थापन गर्न मन्दिर प्रशासनलाई अाग्रह गर्दा पनि कुन‌ै सुधार हुन नसकेकाेले अाफुहरू अग्रसर हुनपरेको बताउनु भयाे । त्यस्तै साेहि वडा रहेकाे दिव्य युवा समाजका अध्यक्ष यमनाथ बास्ताकाेटीले पार्किङकाे व्यवस्थापनका सम्बन्धमा दिव्य युवा समाज मुछिएको भन्ने बिषयमा  भन्दापनि यहाको पार्किङ्ग र सम्भावित दुर्घटना न्यूनीकरणमा मन्दिर प्रशासनले चनाखो हुनुपर्ने भनाई छ । यता मन्दिर प्रशासनले भने अाफुहरू यहाका समुदायसंग सहकार्य गरेर अगाडि बढ्ने बताएकाे छ । चाैधरि उधाेगका हेडअफिसका अनिल बस्नेत ले अाफुहरू समुदाय संग सहकार्यका साथ अगाडि बढ्ने बताउदै पार्किङकाे विषयमा सास्वतधाम प्रशासन पनि लागि परेकाे जनाउनु भयाे । वहाले स्थानीय मिलेर पार्किङ व्यवस्थापन गर्छन भने अाफुहरूले सम्बन्धित सस्थालाई पार्किङकाे जिम्मा दिने बताउनुभयाे । हाल सास्वतधाम अवलाेकन गर्न अाउनेहरूले सार्वजनिक स्थानमा पार्किङ गर्ने गरेका छन । सार्वजनिक स्थानमा पार्किङ गरे पनि पार्कङलाई व्यवस्थित तरिकाले मिलाईकाे सास्वतधाम प्रशासनकाे भनाई छ । हाल सास्वतधाम क्षेत्रमा अवलाेकन गन्न अाउनेहरूकाे चाप संगै सवारि साधनकाे चाप पनि बड्दाे छ जस्ले गर्दा साे क्षेत्रमा दुर्घटनाकाे जाेखिम पनि अत्याधिक रहेकाे छ । सास्वतधाम अवलाेकन गर्न सर्वसाधारणकाे लागि खुला गरिएकाे धेरै समय पुग्दा समेत शाश्वत धाममा पार्किङकाे उचित व्यवस्थापन हुन सकेकाे छैन । असार-२८, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्