27 C
Kathmandu
Saturday, May 8, 2021

हतियारसहित ८ जना पक्राउ

- Advertisement -
- Advertisement -spot_imgspot_img

पोखराको लेकसाईडबाट हतियारसहित ८ जना पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ डिहिकोपाटनबाट ग.२ च. ४१३३ नम्बरको गाडीमा पेस्तोल र गोली सहित ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सुचनाका आधारमा तनहुँ दुलेगौंडाका ८ जनालाई अत्याधुनिक हतियारसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए । हतियार कहाँबाट किन लिएर आएका हुन् भन्नेबारेमा अनुसन्धान भईरहेको उनले बताए ।

पक्राउ परेकाहरु जग्गा कारोबारी रहेको बताइएको छ । उनीहरु मध्ये केही यसअघि पनि तनहुँमा हतियार खरखजाना मुद्धामा पक्राउ परेर कार्वाही भोगिसकेको अधिकारीले जानकारी दिए । असार-२७, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्