27 C
Kathmandu
Saturday, May 8, 2021

कविता

- Advertisement -
- Advertisement -spot_imgspot_img

जीवन युगीन

इतिहास !

इतिहास !
ईतिहास लेख्नेलेनै
कुल्चिएको/भत्क्याएको
बदनाम ईतिहास छ
तर ईतिहास छ मेरो ।

यहि बदनाम ईतिहास
ओल्टाई हेर्छु / पल्टाई हेर्छु
र हेर्दा हेर्दै
ईतिहासकै तख्तामा
भग्नावशेष हुन अभिसप्त छ
शहादत मेरो ।

पापीहरुको पापले लेखिएको
सतीहरुको श्रापले लेखिएको
मान्छेको टाउकाको मोल तोक्ने
अनमोल अभिष्टले लेखिएको
हो ! लाहुरेको हुर्रे
र मरिचको चाहुरे छ ईतिहास मेरो ।

सगरमाथा मेरो-खोल हो
बुद्धत्व केवल खोल हो
बोक्रा हो
छोक्रा हो
अर्कैले चुसेको छोक्रा हो
किनकी
मेरो ईतिहास स्वयं कछुवाको खोल हो ।
जो लुकिलुकी हिड्ने/सुस्तरी हिड्ने

स्वचालित जस्तो देखिने
तर परिचालित
फगत एक खोल हो ।

एसियाको पहिलो देश !
नालापानी, सतलज र काङडाको देश !
टुंडाल, मन्दिर र देवलहरुले
स्वयम् आफ्नो ईतिहास लेखेको देश !
ए! साथी,
आफैलाई नचिनेर बहुलाहाझै
उफ्रिएकाहरुले ईतिहास
लेखिरहेको एउटा देश,
मेरो देश,
ऊ ! हेर न
सिंहदरबारले प्लाष्टिक ओढेर
उभिएझै
कण कणमा
मभित्र उभिएको छ मेरो देश ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

35 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्