27 C
Kathmandu
Saturday, May 8, 2021

नवलपरासीको सुनवलका सुत्केरीलाई पोषण देखि निःशुल्क स्वास्थ्य बीमासम्म

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी, सुनवल नगरपालिकाका सुत्केरी महिलाहरुलाई पोषण भत्तादेखि निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराईने भएको छ । नगरपालिकाको आईतबार सम्पन्न पहिलो जनप्रतिनिधिहरुको बोर्ड बैठकले ‘सुत्केरी स्याहार पोषण ’ वापत २ हजार नगद र नि:शुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख भिमबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले रकम पाउन ३५ दिनभित्र अनिवार्य जन्मदर्ता गराउनुपर्ने प्रावधान राखिएको छ । बैठकबाट निर्णय भएको उक्त सुविधा नगर परिषद्ले पास गरेपछि तत्काल लागू हुने छ । त्यसैगरी नगर क्षेत्रमा रहेका सुत्केरी, जेष्ठ नागरिक र असाहयहरुको नि: शुल्क स्वास्थ्य बीमा गर्नका लागि आवश्यक प्रकृया अघि बढाउन उपप्रमुख दधिराम अर्यालको संयोजकत्वमा पाँच सदस्यिय ‘स्वास्थ्य बीमा अध्ययन समिति’ गठन गरिएको छ ।
नगर क्षेत्रमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थितगर्दै वितरण हुन रोकिएका जग्गाधनी पूर्जाको अध्ययन गरी वितरणको व्यवस्था मिलाउन उपप्रमुख अर्यालको संयोजकत्वमा जग्गा व्यवस्थापन अध्ययन समिति गठन गरिएको छ । तत्कालिन जिल्लामा गठन भएको मनसोबा सुकुम्बासी समस्या समाधान आयोगले वितरण गरेका करिब छ हजार बढी जग्गाधनी पूर्जा अख्तियारमा मुद्दा परेपछि वितरण हुन सकेको छैन । त्यस्तै बोर्ड बैठकले एक महिना भित्र सबै वडाहरुमा कार्यालय स्थापना गर्ने, बालमैत्री नगर क्षेत्र विस्ता गर्ने र जग्गा प्लटिङ्ग र नक्शा पास न्यूनतम मापदण्ड पूरा गरेर लागू गर्ने निर्णय गरेको छ । असार-२५, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्