27 C
Kathmandu
Wednesday, August 4, 2021

इष्टु नवलपरासीको भेला सम्पन्न

- Advertisement -
- Advertisement -spot_imgspot_img

२४ असार , नवपलरासी

सस्थागत विधालयका सञ्चालकहरुले अझै पनि कार्यरत शिक्षकहरुलाइ आफ्नो सहयात्रिको रुपमा हेर्न नसकेको एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । सस्थागत विधालयमा कार्यरत शिक्षकहरुको सगठन इष्टु नवलपरासीको कावासोती नगर स्तरीय भेलामा वोल्ने सरोकारवालाहरुले सस्थागत विधालयको सफलताका लागि त्यहा कार्यरत शिक्षकहरुको मुख्य भुमिका रहेकोमा त्यसको मुल्याङकन गर्न माग गरेका हुन् । कतिपय निजि विधालयहरुमा अझै पनि शिक्षकहरुलाइ विधार्थी भन्दा पनि वढि निगरानि र नियन्त्रण गर्न खोज्ने परिपाटि रहि आएकोमा दर्जा र मेहनतको मुल्याङकन गर्नु पर्नेमा सो अवसरमा वोल्ने शिक्षकहरुको जोड रहेको थियो । सामुदाकिय विधालयमा पढाउने विधालय र सस्थागत विधालयमा पढाउने विधालयका शिक्षकहरुमा नै अझै पनि फरक छुटाइने गरिएको गुनासो गरिएको थियो । सो अवसरमा इष्टु का केन्द्रिय महासचिव भोला चालिसले सस्थागत विधालयका शिक्षकहरु कक्षा कोठामा त्रास पुर्ण रुपमा पढाउन वाध्य रहको वताउनु भयो । निजि विधालय सञ्चालक र शिक्षक विच मित्रवत व्यवहार हुनु पर्नेमा अझै मालिक र मञ्जदुरको जस्तो परिस्थीति रहेको वताउनु भयो । त्यसैगरी सोहि क्रममा वोल्दै इष्टु चितवनका निवर्तमान अध्यक्ष जनकराज घिमिरे, इष्टु नवलपरासीका उपाध्यक्ष चिरञ्जीवि गौडेल , ऋिषिराम तिवारी लगाएतकाले अव सस्थागत विधालय भित्रको वातावरण पनि सुधार गर्दैै सञ्चालक र शिक्षक हातेमालो गर्दै अगाडि वढ्नु पर्नेमा जोड दिनु भएको थियो । त्यसैगरी कार्यक्रममा प्यावसन नवलपरासीका उपाध्यक्ष जनक भट्टराइ , एनप्यावसन नवलपरासीका अध्यक्ष रमेश अधिकारी , प्लस टु शिक्षक वाट करुण लम्साल , अभिभावक वाट दिपक भट्टराइ लगाएतकाले वोल्नु भएको थियो । उहाहरुले सस्थागत विधालयमा कार्यरत शिक्षकहरुको एकताको प्रसंसा गर्दै आफुहरुको तर्फ वाट पुर्ण सहयोग र समर्थन रहने वताउनु भएको थियो । कार्यक्रममा कावासोती नगरपालिका क्षेत्रका करिव १७ वटा सस्थागत विधालयका शिक्ष्ँक शिक्षिका हरुको सहभागिता रहेको थियो । त्यसैगरी विभिन्न विधालयका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम मध्यध्यविन्दु नगरपालिका ८ मा रहेको लोहोसेधारा मन्दिर परिषरमा सम्पन्न भएको थियो ।

इष्टु नवलपरासीको कावासोती नगर कार्यसमिती गठन ।।

निजि तथा सस्थागत विधालयहरुमा कार्यरत शिक्षकरुको सस्था इष्टु नवलपरासीको कावासोती नगर स्तरीय कार्यसमिती गठन भएको छ । शनिवार कावासोती नगरपालिका भित्र रहेको १७ वटा निजि विधालयका शिक्षकहरुको भेलाले ऋिषिराम तिवारीको अध्यक्षतामा १५ सदस्य इष्टुको कावासोती नगर स्तरीय कार्यसमिती गठन गरेको हो । जसको उपाध्यक्षमा सेन्ट जोसेफ मावि कावासोती का जनक अर्याल , सचिवमा सिद्धार्थ आवासिय मावि कावासोतीका राजकुमार गिरी , सह सचिव वाइज भिजन आवासिय मावि पिठौलिकी सलुजा लम्साल , कोषाध्यक्षमा सेन्ट पोल स्कुल गोछाडाकी गुञ्जेश्वरी महत्तो रहनु भएको इष्टु नवलपरासीका कार्यवाहाक अध्यक्ष चिरञ्जीवि गौडेलले जानकारी दिनु भयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्