27 C
Kathmandu
Saturday, May 8, 2021

नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला बनाउने माग गर्दै पुगे नवलपुर क्षेत्रका संसद तथा राजनीतिक दलका प्रमुख वालुवाटारमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला बनाउने मागकासाथ नवलपुर क्षेत्रका संसद संसद तथा राजनीतिक दलका प्रमुख अहिले वालुवाटारमा पुगेका छन । प्रदेशिक हिसावले नवलपरासीको परासी र नवलपुर क्षेत्र दुई प्रदेशमा विवाजित भए पछि नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्नु पर्ने माग सहित नवलपरासीको नवलपुर क्षेत्रका निर्वाचित संसद, तथा नवलपुर क्षेत्रका राजनीतिक दलका प्रमुख सहित अहिले वालुवाटर पुगेको नेकपा एमाले नवलपुर जिल्लाका अध्यक्ष रोशन वहादुर गाहाले जानकारी दिनु भएको छ ।
डेलिकेशनको निम्ति नवलपरासीको नवलपुर क्षेत्रका क्षेत्र नं. १का संसद तथा नेपाली कांग्रेसका महामन्त्रि डा. शसाक कोइराला ,क्षेत्र नं. २का सांसद जीवन श्रेष्ठ , क्षेत्र नं. ३का संसद कृष्ण पौडेल सहित नेपाली कांग्रेसका नवलपरासीका सभापति विष्णु लामिछाने , नेकपा एमाले नवलपुर जिल्लाका अध्यक्ष रोशन वहादुर गाहा ,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज किशान शर्मा लागायतको टोलिले अहिले प्रधानमन्त्रि निवास वालुवाटारमा शेर वहादुर देउवालाई भेट्दै छ ।
छलफल अहिले शुरुहुनलागेको छ । यस अघि मंगलवार जिल्लाको कावासोती नगरपालिकाको सभाहलमा वसेको वैठकले यस क्षेत्रका प्रमुख दलका प्रतिनिधी जनप्रतिनिधी लगाएत निर्वा्चित प्रतिनिधीको उपस्तिथीमा बैठक बसि डेलिगेशनका साथ केन्द्र जाने निर्णय गरेका थिए । २०७२ असोज ३ गते जारी भएको संविधानले नवलपरासि जिल्लालाई र बर्दघाट त्रिवेणी देखि वारी नवलपुर बर्दघाट पश्चिमको क्षेत्रलाई परासि गरि दुई भागमा विभाजन गरेको थियो । जस अन्तर्गत प्रदेश नम्बर ४ र ५ गरि दुई चरणमा दुवै प्रदेशको निर्वाचन समेत सम्पन्न भैसकेको छ । नवलपुर क्षेत्रमा रहेका ४ गाउँपालिका ४ नगरपालिका गरि ८ स्थानिय तहलाई समेटेर जिल्ला समन्वय समिती गठन गर्न आवश्यक रहेको भन्दै छुट्टै नवलपुर जिल्लाको माग गरेको हो । आजको छलफललमा नवलपरासीको नवलपुर क्षेत्र र नवलपूरलाई छुट्टा छुट्टै जिल्ला धोषणा गरी अव वन्ने जिल्ला समन्वय समतिमा समेत नवलपरासीमा दुइ ओटा समन्वय समिति वनाउने पहल भैरहेको नेपाली कांग्रेसका जिल्ला सभापति विुण्णु लामिछानेले वाताउनु भयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्