27 C
Kathmandu
Saturday, July 31, 2021

नारायणगढ–मुग्लिन सडकखण्डमा असार २५ गतेदेखी रातको समयमा चल्दैनन् सवारी

- Advertisement -
- Advertisement -spot_imgspot_img

निर्माणधिन नारायणगढ–मुग्लिन सडकखण्ड आगामी असार २५ गतेदेखी रातको समयमा बन्द हुने भएको छ । बिहिबार भरतपुरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको अध्यक्षतामा बसेको सर्बदलिय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सडक खण्डमा साझ ७ बजेदेखी बिहान ४ बजेसम्म सवारी साधन चल्न नदिने निर्णय गरेको हो । बिहिबारको निर्णय अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधन साझ ६ बजे देखी बिहान ४ बजे सम्म बन्द गरिने छ ।त्यस्तै मुग्लिनबाट भरतपुरतर्फ आउने सवारी साधनहरु साझ ७ बजेबाट बिहान ५ बजेसम्म बन्द गर्ने निर्णय भएको हो ।

व्यवस्थापिका–संसद्, विकास समितिको निर्देशन अनुसार सडक स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसंगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन थालेपछि थप सुरक्षाको प्रबन्ध गर्ने रातको समयमा सडक बन्दगर्न निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए ।

राति सवारी आवागमन बन्द हुने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न,र सम्भव भएसम्म राति पनि सडक विस्तारको काम गर्ने निर्माण कम्पनीलाई निर्देशन दिने निर्णय भएको प्रजिअ भट्टको भनाई छ । साथै आज बसेको बैठकले पहिरोको उच्च जोखिममा रहेका ४४ घरलाई १ साताभित्र स्थानान्तरण गर्ने निर्णय समेत भएको छ । त्यस्तै निर्माण कम्पनीका प्रतिनिधीहरुले सडक मर्मत र खाल्डा,खुल्डी पुर्ने काम बाहेक अरु निर्माणका कार्य गर्ने नसकिने बताएका छन् । बर्षातको समय र निर्माण सामाग्रीको अभाबले अरु निर्माण कार्य गर्न नसकिने उनीहरुको भनाई छ ।

त्यस्तै बैठकले अनुगमन समितीको बैठकबाट निर्माण कम्पनीलाई सडकखण्डमा प्रयोगहुने निर्माण सामाग्री ठुगां,गिटी,बालुवा उपलब्ध गराउने निर्णय समेत गरेको छ । निर्माण कार्यमा प्रयोगहुने औजार,मेशिन,र जनशत्तीको अनुगमन गर्न परियोजनालाई निर्देशन दिएको छ । त्यस्तै महिनाको १ चोटी निर्माण कार्यको संयुक्त अनुगमन गर्ने निर्णय समेत भएको छ । बैठकमा बोल्दै प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले ट्राफिक ब्यबस्थापनका लागी ५ ट्राफिक प्रहरी सहित २१ जना प्रहरी जनशत्ती थप गरिएको बताए । त्यस्तै सडक सुरक्षाका लागी सडकखण्डका ३ ठाउमा प्रहरीको आर.आर.टी.सेवा शुरु गरिएको र पार्किगका लागी खाली जग्गाको खोजी भईरहेको जानकारी दिए । परियोजनाका गोबिन्द प्रसाद खनालले व्यवस्थापिका–संसद्, विकास समितिको निर्देशन अनुसार १४ दिनभित्र सुरक्षीत रुपमा सवारी आवागमनका लागी बिज्ञको सुझाबको आधारमा प्रतिबेदन बुझाउने बताए । बैठकमा सहभागी राजनैतीकदलका प्रतिनिधीहरुले निर्माण कार्य ढिलाई हुनुका कारणबारे निर्माण कम्पनीका प्रतिनिधीका ध्यानाकर्षण गराएका थिए । असार-२३, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्