27 C
Kathmandu
Saturday, July 31, 2021

कावासोती नगपालिकामा बिभिन्न बिषयगत समिति गठन

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती नगरपालिकाको कार्यलाई चुस्त बनाउनको लागि बिभिन्न समिति निर्माण गरीएको छ । नगरपालिकाकोे हरेक क्षेत्रका कार्यलाई सहि तरीका बाट सम्पादन गर्नका लागि नगरपालिकाको बिषयगत समिति गठनको नियमावली अनुसार बिभिन्न ९ वटा समिति निर्माण गरीएको हो ।
बैठकले नगर प्रमुख चन्द्रा कुमारी पुनको संयोजकत्वमा श्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समिति गठन गरेको छ । समितिमा उप प्रमुख पे्रम शंकर मर्दनीया थारु,नगरपालिका का कार्यकारी सहिति अल्पसंख्यक महिलाबाट कलिया मुसहर र पवन कुमारी महत्तो यस्तै अल्पसंख्यक दलित बाट बिरवल माझी रहनु भएको छ ।
यस्तै उपप्रमुख पे्रम शंकर मर्दनीया थारुको संयोजकत्वमा बार्षिक निति बजेट तथा कार्यक्रम तर्जुमा समिति र राजश्व परामर्श समिति समेत निर्माण गरीएको छ भने छवीलाल महत्तोको सयोजकत्वमा सार्वजनिक सेवा तथा क्षमता बिकास समिति निर्माण गरीएको छ । यस समितिले संगठन संरचना ,दरबन्दि र कार्यबिवरण,सुशासन र सेवा प्रवाह र क्षमता विकास सम्बन्धीका बिषयमा कार्य गर्ने छ ।
यस्तै लक्ष्मि प्रसाद पौडेलको संयोजकत्वमा आर्थिक बिकास समिति निर्माण गरीएको छ । समितिले बजेट तथा श्रोत परिचालन,कृषि बिकास ,पशु पंक्षी बिकास ,नागरिकको आयआर्जन र श्रोतहरुको पहिचान सम्बन्धि कार्यगर्ने छ ।
सामाजिक बिकास समिति हरी प्रसाद बास्तोलाको सयोजकत्वमा निर्माण गरीएको छ । यस समिति अन्र्तगत नगरपालिकाको शिक्षा तथा खेलकुद,बिज्ञान तथा प्रविधी,स्वास्थ्य तथा जनसंख्या ,सरकारी तथा गैर सहकारी संघ संस्था सम्बधी कार्य गरीने छ । बागविर सुनारको संयोजकत्वमा पूर्वधार बिकास समिति निर्माण गरीएको छ । समितीले अल्पकालीन तथा दिर्घकालीन निति ,योजना र कार्यक्रम,उद्योग बाणिज्य ,श्रम ,रोजगार तथा बजार ब्यवस्थापन,कृषि ,सिचाई,सहकारी,पर्यटन प्रर्वद्धन ,सूचना तथा संचार आदि सम्बन्धि कार्य हेर्ने छ ।
यसै गरी शुकन्तला लम्सालको संयोजकत्वमा बिद्येयक समिति निर्माण गरीएको छ । जसले नगर सभामा पेश हुने विधेयक ,नगर सभामा पेश हुने नियम,विनियम कार्यबिधी सम्बन्धि कार्य गर्ने छ ।

नगरपालिकाको बैठक संचालन कार्यबिधि ,कार्यसम्पादन नियमावली समेत पास भएको छ । यो संगै नगरपालिकाले साउन १ गते देखि नयाँ कर लगाउने बाटो खुलेको छ । भने आगामि बर्षको बजेट ल्याउन समेत बाटो खुलेको छ ।

यसै गरी कार्यपालिकाले आफुले सम्पादन गरेका कार्य वा निर्णय हरु सार्वजनिक जानकारीमा ल्याउनको लागि खेम प्रसाद काफ्लेलाई प्रवता तोकेको छ । असार-२२, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्