27 C
Kathmandu
Saturday, May 8, 2021

नवलपरासीको जिल्ला समन्वय समिति कार्यालयमा आगलागी

- Advertisement -
- Advertisement -spot_imgspot_img

यता नवलपुर क्षेत्रमा नवलपरासीमा अलग अलग जिल्ला सम्वन्वय समिति हुनुपर्ने माग भैरहदा उता जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय भवनमा मध्यराती आगलागी भएको छ ।

आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री पूर्णरुपमा नष्ट भएको छ । कागजात तथा भौतिक संरचना गरी आगलागीबाट १० लाख बराबरको क्षति भएको कार्यालयले जनाएको छ ।

मध्यरात १२ बजे बिजुली सर्ट भइ आगलागी लागेको प्रहरीले जनाएको छ । सदरमुकाम रामग्राम नगरपालिकाको दमकलले आगो दुई घण्टापछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

आगलागीबाट संस्थाको रिपोर्ट, जिविसको प्रोफाइल रिपोर्ट, एमसीपीएम रिपोर्ट जिविसको माइन्युट लगायतका अन्य महत्वपूर्ण काजजात जलेको छ । दोस्रो तलामा लागेको आगलागीबाट त्यहाँ रहेका कुर्सी, टेबल, दराज लगायतका फर्निचरका सामान समेत पूर्ण रुपमा जलेका छन् । असार-२२, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्