27 C
Kathmandu
Saturday, May 8, 2021

नव निर्वाचित मेयरले सपथ खादै भने ईमान्दारिपुर्वक काम गर्छु

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी, २१ असार । सुनवल नगरपालिकाका नव निर्वाचित मेयर भिम बहादुर थापा (भरत) ले आज सपथ ग्रहण गरेका छन् । सुनवलमा आयोजित सपग ग्रहण कार्यक्रममा मेयर थापा, उपमेयर दधिराम अर्याल सहित विभिन्न १३ वटा वडाका वडा अध्यक्ष एवं सदस्यहरुले पनि सपथ ग्रहण गरेका हुन् । सुनवल नगरको निर्वाचन अधिकृत अर्जुन प्रसाद कोईरालाले नव निर्वाचित मेयर, उपमेयर र वडा अध्यक्ष एवं सदस्यहरुलाई सपथ ग्रहण गराउदै निर्वाचित भएको प्रमाण पत्र पनि वितरण गरेका थिए ।

नगरमा निर्वाचित पदाधिकारी एवं सदस्यहरुले, सकारको प्रचलित कानुनको अधिनमा रही निष्पक्ष र ईमान्दारिपुर्वक नगर र वडामा कामकाज गर्ने प्रतिबद्धता समेत जनाए । सुनवल नगरका निर्वाचन अधिकृत अर्जुन कोईरालको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रमा प्रमुख अतिथि एवं सांसद बैजनाथ चौधरी, विशिष्ट अतिथि एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल, जिल्ला प्रमुख अधिकारी उदय बहादुर राना, नव निर्वाचित मेयर भिम बहादुर थापा, उपमेयर दधिराम अर्याल लगायतले मन्तब्य राखेका थिए ।

त्यसैगरि रामग्राम नगरपालिकामा पनि नव निर्वाचित मेयर उपमेयर, वडा अध्यक्ष र सदस्यहरुले पनि आज सपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत कैलाश केसीले आज एक कार्यक्रम बिच नव निर्वाचित मेयर नेन्द्र कुमार गुप्ता, उपमेयर रम्भा कुँवर सहित १८ वटै वडाका अध्यक्ष एवं सदस्यहरुलाई सपथ ग्रहण गरएका हुन् । नगरका पदाधिकरी एवं सदस्यहरुलाई सपथ ग्रहण गराउदै निर्वाचित भएको प्रमाण पत्र पनि विरण गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृत केसीको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि सांसद बैजनाथ चौधरी, विशिष्ट अतिथि तथा पुर्वगृहराज्य मन्त्री, देवेन्द्रराज कण्डेल, पुर्व स्थानिय विकास राज्य मन्त्री घनश्याम यादव, पुर्व सांसद चिनक कुर्मी, अतिथि एवं नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु लामिछाने, प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना, नव निर्वाचित मेयर नरेन्द्र कुमार गुप्ता उप मेयर रम्भा कुँवर लगायतले मन्तब्य राखेका थिए

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्