27 C
Kathmandu
Saturday, May 8, 2021

नवलपरासीको कावासोती नगरपालिकाका मेयरले एकलौटी गर्न खाजेको भन्दै ९ जना वडाध्यक्षले गरे बैठक बहिष्कार

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा । नवलपरासीको कावासोती नगरपालिकाका मेयर र उपमेयरले एक लौटी गरेको भन्दै कावासोती नगरपालिकाका ९ ओटा वडाका वडाध्यक्षले बुधबारको बैठक बहिष्कार गरेका छन् । नगरकार्यपालिकाको बैठकका विभिन्न समिती गठन गर्ने एजेण्डा माथी छलफल भइरहदा राजनीतिक पुर्वाग्रह राखेर नगर प्रमुखले नेकपा एमालेका तर्फबाट निर्वाचित भएका वडाध्यक्षलाई मात्र संयोजक तोकेर समिती गठन गर्न खोजेपछि वडा नम्बर १ , ३ , ६ , ७ , ८ , ११ , १३ , १४ र १६ नम्बर वडाका नेपाली कांग्रेस र माओवादीका नव निर्वाचित वडाध्यक्षले बैठक बहिष्कार गरेर बाहीरीएको वडा नम्बर ३ का वडाध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए । सार्वजनीक सेवा तथा श्रम समिती, आर्थिक विकास , सामाजिक विकास  लगाएतका ७ वटा विकास समिती गठन गर्दा मेयरले सरसल्लाहा नगरी एकलौटीरुपमा आफ्नो पार्टीका जनप्रतिनिधीको मात्र संयोजकत्व र प्रतिनिधित्व हुने गरी प्रस्ताव पेश गरेपछि बैठक बहिष्कार गरीएको वडा नम्बर १३ का वडाध्यक्ष विनोद रानाले बताए । मेयर र उपमेयरले  नगरपालिकालाई राजनीति गर्ने थलोकारुपमा विकास गर्न खोजेर भिन्न विचार राख्ने पार्टीका जनप्रतिनिधीको अस्तित्व स्वीकार नगरेकाले आफुहरु बैठकमा बस्नुको औचित्य नदेखिएकोले आफुहरु बाहिरिन परेको उनले बताए । असार-२१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्