27 C
Kathmandu
Saturday, May 8, 2021

कावासोती नगरपालिकाको निर्णय उल्ट्याउन माग गर्दै जनता

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा । कावासोतीको फोहोर ब्यबस्थापन गर्ने नगरपालिकाको योजना सार्वजनिक हुन नपाउदै असफल भएको छ । निर्वा्चित जनप्रतिनिधि माथि फोहोरको ब्यबस्थापनका लागि चर्को दवाव पछि आगामी साउन १ गते देखि फोहोर अस्थाई डम्पिङ गर्ने योजना नगरपालिकाले बनाएको थियो । नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) नगरी हचुवाको भरमा योजना अघि सारेको यहाका स्थानीय जनताको भनाईछ । सो स्थानमा फोहर फाल्दा अनिवार्य गर्नुपर्ने वातावरणीय  प्रभाव मुल्यांकन त परको कुरा भो सोही नगरपालिकाको एकै छत मुनी रहेका वातावरण अधिकृत संगीता सुवेदीलाई समेत यस कुराको जानकारी समेत नभएको उनको भनाई छ । उनका अनुसार फोहर फाल्न वातावरनीय प्रभाव मुल्यांकन गर्नु अनिवार्य हो तर नव निर्वा्चित पदाधिकारीले त्यस बिषयलाई कसरी लिनुभाको छ त्यो उहाँहरुलाई नै थाहा होला तर कावासोतीको फोहोर उठ्नु अत्यन्त आवश्यक छ ।
कावासोती नगरपालिकाको डम्पिङग साईड निर्माणको निर्णयका विरुद्ध कावासोती नगरपालिकाको वडा नम्बर ८ का स्थानियले आपत्ती जनाएका हुन । नगरपालिकाले असार १६ गते कावासोती क्षेत्रको फोहोर व्यवस्थापन गर्नका लागी वडा नम्बर ८ को स्याउली बजार बाट पश्चिम तर्फको बस्तीको बिचमा डम्पिङ साईड निर्माण गर्ने निर्णय गरेको थियो । सो निर्णय प्रति स्थानियले  आपत्ति जनाउदै नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन ।

उनीहरुले स्थानिय जनताको सहमति र सल्लाह विनानै फोहोर व्यवस्थापन गर्ने निर्णय भएको भन्दै ज्ञापन पत्र बुझाएका हुन । कावासोती नगरपालिकाले फोहोर फाल्न गाउको मध्यभाग छनौट गरेर नगरबासीको स्वास्थ्यसंग खेलवाड गर्न खोजेको कावासोती ८ बस्ने तेजराम भुसालले बताउनुभयो । वहाले नगरपालिकाले स्थानियको भावना विपरित फोहोर फाल्ने कामको विरोध गर्न आफुहरु वाध्य भएर ज्ञापन पत्र बुभाउनुपरेको जिकिर गर्नुभयो । जैविक विविधता, वस्ति र पानीको श्रोतलाईनै असर पार्ने गरी फोहोर व्यवस्थापन गर्न लागिएको भन्दै यो निर्णय तत्काल कार्यन्वयन नगर्न समेत ज्ञापन पत्र मार्फत स्थानीयले माग गरेका छन ।

बिगत २०७२ साल चैत्र देखि कावासोतीको फोहोर उठन सकेको छैन । २०६० साल देखि सोडेक नेपाल नामक गैर सरकारी सस्थाले फोहोरको ब्यबस्थापन गर्दै आएको थियो । त्यस बेला पनि नगरपालिकाले डम्पिङ साइडको ब्यबथा गर्न नसक्दा फोहोर उठन नसकेको हो । बिगत १५ महिना देखि फोहर ब्यबस्थापन नहुदा कावासोती बजारका हरेक चोक चोकमा फोहोरका थुप्रा देखिन्छन । हरेक बिहान र साझ फोहोर जलाउदा बजार धुवाले भरिभराउ देखिन्छ भने फोहोरको गन्धले कतिपय ठाउँमा हिन्न समेत असहज भएको छ । एका तर्फ बजार दुर्गन्धित भएको छ भने नगरपालिकाले  फोहर ब्यबस्थापन गर्न नसक्दा यहाका सर्वसाधारणले नजिकैको जंगलमा फाल्न बाध्य भएका छन् ।

कावासोतीको पूर्वपट्टिको बन क्षेत्रका ३ ठुला नालामा फोहोर फालिदा बर्षाको पानि संगै फोहोर बगेर जाने कावासोतीको वार्ड नम्बर १२, १३, र ७ का बासिन्दालाई प्रत्यक्ष असर गरेको स्थानियले बताएका छन । त्यहाको खेतिपाती अन्न बालीमा हस्पिटलका सिरिन्ज, मरेको सिनो, प्लाष्टिक जन्य फोहोरले स्वास्थ्यमा प्रतिकुल असर परेको वार्ड नं. १२ का बासिन्दा आश बहादुर गोलेले बताए । उनले फोहोर जन्य रोग लाग्दा आफुहरुले सास्ती भोग्नु परेको समेत बताए । सिंचाई तथा कृषिकार्य गर्न समेत कठिनाई भोग्नुपरेको त्यहाका सर्वसाधारणको भनाई छ ।

कावासोतीको पुर्व पट्टिको शिव सामुदायिक बन र मनकामना सामुसायिक बन क्षेत्रमा जथाभावी फोहोर फालिदा बन्यजन्तु, बोट बिरुवा, माटोलाई पूर्ण रुपमा प्रभाव पारेको कावासोती सेक्टर बन कार्यालयका सहाएक बन अधिकृत कृष्ण देवकोटाले बताउनुभयो । वहाले फोहोर ब्यबस्थापनको पाटोमा जनप्रतिनिधि र नगरपालिकाले गम्भीर भएर सोच्नुपर्ने  समेत बताउनुभयो  । वहाले बन जंगल बन्य जन्तुको घर भएको र बन क्षेत्रमा फोहोर ब्यबस्थापनको विकल्प कसैले पनि नसोच्न र बस्ती भन्दा पर ब्यक्तीगत जग्गा लिजमा लिएर  फोहोरको बैज्ञानिक ब्यबस्थापन गर्दा सबै भन्दा राम्रो हुने समेत जिकिर गर्नुभयो ।

कावासोतीको फोहोर अस्थाई रुपमा ब्यबस्थापन गर्न कावासोती नगरपालीकाको दोस्रो बैठकले नगरपालीकाका उपप्रमुख प्रेम शंकर मर्द्नियाको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको थियो । उक्त समितिको पहलमा फोहोर ब्यबस्थापनका लागि कावासोती ८ स्थित १७ कट्ठा जग्गा जगत भट्टराई र लिला भट्टराईले निशुल्क रुपमा खाडल नभरिदा सम्म वा बढीमा १ बर्षका लागि उपलब्ध गराएका थिए ।

नगरपालिकालेनै सम्पूर्ण जिम्मा लिई ब्यबस्थित रुपमा फोहोर ब्यबस्थापन गर्न उपलब्ध गराएको र नजिकका बासिन्दाको सल्लाह बमोजिम काम गर्न आफुले नगरपालिकालाई  सुजाएको लिलाधर भट्टराईको भनाई छ । त्यसो हुन नसके आफुले कुनै पनि बेला फोहोर बिसर्जन गर्न रोक्ने समेत बताए । उनले नगरपालिकाले स्थानीयलाई समावेश गरी समिति निर्माण गर्न अनुरोध गरेको र उक्त समितिकै सिफारिसमा कर्मचारी राखेर काम गर्नु पर्ने उनले बताए ।

अस्थाई रुपमा फोहोर ब्यबस्थापन गर्न लागिएको उक्त क्षेत्रको दक्षिण पट्टी भिरालो जमिनमा वाल निर्माण गरी फोहोर बिसर्जन गर्न लागिएको नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले बताए । उनले कावासोतीको फोहोर उठाउन र डम्पिङ गर्न सार्वजनिक इच्छापत्र आव्हान नगरिएको तर केहि प्राईभेट कम्पनि सम्पर्कमा आएको समेत बताए । उनले कावासोतीका वार्ड नम्बर २,३ ८ र १६ का हरेक घरबाट मासिक १ सय रुपैया लाग्ने गरी फोहोर उठाउने ब्यबस्था गरिने समेत बताए ।

नगरपालिकाले फोहोर उठाए वापत एक सय रुपैया लिने बिषयमा नगर वासीको फरक धारणा देखिएको छ । उनीहरु आफुहरुले एकीकृत सम्पत्ति कर तिरेको हुनाले अव कुनै खाले कर तिर्न नसक्ने स्थानीय नन्दु रिजालले बताए । उनले यस अघि सोडेक नेपाल जस्तो गैर सरकारी सस्थाले फोहोर ब्यबस्थापन गर्दा समेत ७५ रुपैमा उठाउथ्यो भने जिम्मेवार सस्थाले फोहोर उठाउदा एक सय तिर्नु पर्ने कहाको नियम हो ? प्रति प्रश्न गरे ।
यसै बिषयमा सोडेक नेपालका सचिव टिकाराम तिवारीले नगरपालिकाले डम्पिङ साइड र अनिवार्य सरसफाई कर  ब्यबस्था गरेको खण्डमा प्रति परिवार ५० रुपैयामा फोहोर ब्यबस्थापन गर्न सोडेक नेपाल तयार रहेको समेत बताए  । पटक पटक निर्णय गर्दै असफल हुदै गरेको कावासोती नगरपालिका यस अघि नव निर्वाचित नगरपालिका प्रमुख चन्द्र कुमारी पुनको पहिलो प्रस्ताव सुत्केरी भत्ता दिने प्रस्ताव नै हचुवा र बिना योजना आएको भन्दै नगरपालिकाका नव निर्वाचित जन प्रतिनिधिले बिरोध गरेपछि अस्वीकृत भएको थियो भने अहिले फोहोर डम्पिका लागि संयोजक बनेका उपप्रमुख मर्दनियाको पहिलो योजनानै बिबादमा परेको छ । असार-२१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्