27 C
Kathmandu
Sunday, May 16, 2021

चितवनमा बस दुर्घटना हुदा नावालक सहित ३ जनाको ज्यान गयो

- Advertisement -
- Advertisement -spot_imgspot_img

चितवन, चितवनको ईच्छाकामनामा यात्रु बाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  पृथ्वीराजमार्ग अन्तर्गत ईच्छाकामना गाउँपालिका- ३ चुम्लिङटारमा काठमाडौंबाट धनगढी जान लागेको यात्रुबाहक बस दुर्घटना हुँदा नेपाल प्रहरीका जवान राजकुमार थारु र उनकी तीन महिने नाबालिका छोरीको को मृत्यु भएको हो । घटनामा परि घाइते भएका बस चालक धनगढीका अन्दाजी ३० वर्षका दिनेश रानामगरको उपचारको क्रममा मृत्यु भएको छ । घटनामा परि घाइते भएका अन्य पाँच जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा परी राजकुमारकी श्रीमती लिला थारु पनि घाइते हुनुभएको छ । उहाँको कास्कीस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । काठमाडौंमा कार्यरत मृतक थारु परिवारसहति बर्दियाको अमरागढी- ६ स्थित घर जानका बसमा सवार हुनुहुन्थ्यो । काठमाडौंबाट धनगढी जान लागेको ना ६ ख २४६८ नम्बरको बस दुर्घटना भएको हो । बसमा २६ /२७ जना सवार रहेको प्रहरीले जनाएको छ । असार-२०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्