27 C
Kathmandu
Wednesday, August 4, 2021

रजहरको सरकारी बिद्यालय देवचुली मा.वि.मा बिज्ञान बिषय पढाई हुदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा । नवलपरासीकाे देवचुली नगरपालिकामा रहेकाे देवचुली मा. वि. रजहरमा विज्ञान संकायमा पनि कक्षा संचालन हुने भएकाे छ । यस अघि अन्य बिषय र कक्षा ९ देखिनै प्राविधिकमा +२ सम्म पढाई हुने उक्त बिद्यालयमा अव बिज्ञान बिषयमा पनि पढाई हुने साेमवार बिद्यालयले अन्तरकृया कार्यक्रमकाे अायाेजा गरि जानकारी गराईएकाे हाे ।  यस अघि देवचुली को प्रगतिनगर देखि गैडाकोटको भैसाखोरी सम्मका विद्यार्थी विज्ञान विषय अध्यन गर्न चितवनका प्राईवेट कलेज जाने गरेको र उनिहरूकाे अावस्यकतालाइ मध्य नजर गर्दै देवचुली क्याम्पस रजहरमा पनि विज्ञान विषयकाे कक्षा संचालन गर्न लागिएकाे देवचुली विधालयका प्राचार्य नारायण भण्डारीले जानकारी गराउनु भयाे । वहाले यस अघि आफुहरुले प्राविधिक शिक्षा पढाई गर्दै आएकोले सहज तरिकाले कक्षा ११ र १२मा विज्ञान विषयकाे पठन पाठन गरिने बताउनु भयाे ।  विद्यालयले भर्ना शुल्क देखी ल्याव र मासिक छुट सम्मको ब्यबस्था समेत गरेको जनाईएको छ । हाल क्याम्पसमा व्यवस्थापन, शिक्षा, कम्प्युटर शिक्षा अन्तरगतका कक्षाहरू संचालनमा रहि अाएकाे र तत्काल देवचुलीमा विज्ञान संकाय तर्फ पनि कक्षा संचालनमा ल्याउने तयारि भएकाे जानकारी गराउनु भयाे । साेमबार विधालयमा भएकाे अन्तरकृया कार्यक्रममा विभिन्न बिद्यालयका प्रमुख ,स्थानीय लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा विज्ञान संकाय संचालन कसरी गर्ने बारे पनि छलफल भएकाे हो । देवचुली मा.वि. ले संचालन गरे संगै नवलपरासीको नवलपुर क्षेत्रमा अरुणखोलाको जनता मा.वि. गैडाकोटको जनक मा.वि. संगै अव देवचुली रजहरको देवचुली मा. वि. यी ३ सरकारी बिद्यालयमा बिज्ञान बिषयमा पढाई हुने भएको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्