27 C
Kathmandu
Sunday, May 16, 2021

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, कुन कति सस्तियो हेर्नुहोस

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यासको पनि मूल्य घटाइएको छ ।

निगमले तीनवटै पेट्रोलियम पदार्थमा २/२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ ।

यसअघि १०० रुपैयाँ प्रतिलिटरको पेट्रोलका २ रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए ।

यस्तै डिजेल र मट्टितेल लिटरमा २/२ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७६ रुपैयाँमा पाइन्थ्यो ।

खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि घटाइएको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो । असार-१८, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्