8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, गम्भीर एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो

- Advertisement -
- Advertisement -spot_imgspot_img

अर्घाखाँची र दाङमा एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका दुईजना घाइते भएका छन् । गम्भीर घाइते एकजनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ खनदहमा एमाले कार्यकर्ताहरुको आक्रमणबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नारायण खनाल गम्भीर घाइते भएका छन् । उनलाई नेपाली सेनाको हेलिकोप्टरमा राखेर रातारात काठमाडौं पठाइएको छ । उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।

मतदानको विषयलाई लिएर एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुबीच विवाद बढेपछि आक्रमण भएको हो । जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यसैगरी दाङको लमही नगरपालिकामा पनि एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका एक कार्यकर्ता घाइते भएका छन् । गएराति साढे ९ बजे लमही नगरपालिका-७ कमानपुरमा एमाले कार्यकर्ताको आक्रमणबाट स्थानीय सुवास चौधरी घाइते भएका हुन् । उनको लमहीमै उपचार भइरहेको छ । (तस्बिरमा : अर्घाखाँचीका नारायण खनाल र दाङका सुवास चौधरी बायाँ ) ।असार-१५, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!