8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

दोलखामा पहिरो खस्दा चार जना बेपत्ता, लामोसाँघु जिरी सडक अवरुद्ध

- Advertisement -
- Advertisement -spot_imgspot_img
दोलखाको भीमेश्वर नगरपालिका—९ लाँकुरीडाँडास्थित डाडाँगाउँमा गएराती पहिरो खस्दा चारजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डाडाँगाउस्थित कुतकुतेका मंगले थामीकी श्रीमती शान्ती, छोरीहरु १२ बर्षिया सन्तोषी, १० बर्षिया रोशनी र सोही स्थानकी ७९ बर्षकी लाटी थामी रहेको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मी राजेन्द्र मानन्धरले जनाएका छन् । लगातारको वर्षाले वडा— ९ का विभिन्न स्थानमा दोलखा जिल्ला जोड्ने लामोसाँघु जिरी सडक अवरुद्ध भएको छ । पहिरोले पतले वन क्षेत्रसमेत बगाएको छ । विभिन्न स्थानको पहिरोले एकदर्जन बढी घरका वासिन्दाहरुले बसाई छाडेर सरेका छन् । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले राती नै सुरक्षार्मीलाई परिचालन गर्न प्रहरी र सम्बन्धित सबैलाई जानकारी गराएको बताउनुभयो । असार-१४, २०७४
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!