8.1 C
Kathmandu
Friday, August 19, 2022
Flowers in Chania
Flowers in Chania

नवलपरासीका दुई जनाको भारतको रेल पुलमा सेल्फी लिदै गर्दा ज्यान गयो

- Advertisement -Flowers in Chania
- Advertisement -Flowers in Chania
परासी, रबिन्द्र यादव । भारतको खड्डा कुशिनगर पनियहवा रेल पुलमा सेल्फी लिदै गर्दा सोमबार बिहान दुई नेपालीको ज्यान गएको छ । ज्यान गुमाउने नेपालीहरु नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ साबिक पक्लिहवा-७ बेलवानी बस्ने अन्दाजी बर्ष २७ का शिवेन्द्र कुर्मी र बर्ष १८ का छिमेकी धन्नु कुर्मी रहेका छन ।

भारतमा रहेको अाफन्तको मृत्युमा मलामी अाफ्नो बुवा संगै गएको बेला पनियहवा रेलको पुलमा दुई जना सेल्फी लिदै थिए अचानक पछाडिबाट गोरखपुर नरकटियागंज जादै गरेको पैसेन्जर रेल संख्या ५५०७२ नम्बरको रेलगाडीको चपेटामा उनिहरु परेका थिए र घटनास्थल मै दुबै जनाको मृत्यु भएको थियो ।

दुबै जनाको शव भारतीय प्रहरीले अाफ्नो कब्जामा लिएर पडरौना पोस्टमार्टमका लागि पठाएको भारतीय संचार माध्यमले जनाएका छन् । मृतकको सनाखत उनिहरुको पर्सबाट भेटिएको वेस्टर्न युनिएनको कागजमा लेखिएको नेपालको ठेगाना र उनिहरुको मोबाइलमा रहेको दुई नेपाली सिमबाट भएको छ ।

- Advertisement -Flowers in Chania

ताजा खबर

- Advertisement -spot_img

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!