27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 02:29

TRENDING .

आफैंले बोकेको बम पड्किदा विप्लवका कार्यकर्ताको मृत्यु

- Advertisement -

धनगढी,  धनगढी उपमहानगरपालिका वडा नम्वर ४ खानेपानी रोडमा आफैले बोकेको बम पड्किदा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको ज्यान गएको छ । नेकपाका जिल्ला सदस्य चन्द्र वहादुर सिह सनरार्यजको आफैंले बोकेको बम पड्कीएर ज्यान गएको हो । गएराति ९ बजेर ५५ मिनेटमा खानेपानी रोडमा रहेको जिएस एण्ड सन्स रेष्टुरेन्टको पछाडिपट्टी सिहले नै बोकेको बम पड्किएको थियो । बम पड्किएर गम्भीर घाईते भएका सिंहलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएकोमा उपचारका क्रममा ११ बजेर ४० मिनेटमा सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो । प्रहरीले घट्नास्थलबाट सिंहको परिचय खुल्ने कागजपत्र फेला पारेको छ । मृत्यु हुनुअघि सिंहले नै आफ्नो परिचय बताएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो ।

घाईते सिंहको शरीर क्षतबिक्षत थियो । घाईते सिंहलाई घट्नास्थलबाट रक्ताम्य र क्षतविक्षप्त अवस्थामा प्रहरीले अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याउदासम्म सिंह बोलिरहेका र अस्पताल पुर्‍याएपछि बेहोस भएका सिंहको उपचारकै क्रममा मृत्यु भएको हो । घट्नास्थल सेती अञ्चल प्रहरी कार्यालयबाट करीव तीन सय मिटरको दूरीमा रहेको छ । प्रहरीलाई चुनौती दिने तथा उम्मेदवारलाई आतंकित गर्ने मनशायले विप्लव समूहले बम विस्फोटनको प्रसाय गरेको अनुमान गरिएको छ ।

होटलसंगै नेकपा एमालेकी वडा नम्बर ४ की सदस्यकी उम्मेदवार सरिता सोवको घर जोडिएको छ । बन्द रहेको होटलमा विप्लव समूहका सिंह होटल छेउमा रहेको सानो गल्लीबाट पछाडि गएको हुन सक्ने जिएस एण्ड सन्स रेष्टुरेन्टका सञ्चालक राज कुमार खड्काले बताउनुभयो । बम बिस्फोट गर्नुअघि नै पड्किएपछि उनी घाईते भएको प्रहरीको अनुमान छ ।

बम बिस्फोट  हुँदा वेल्डिङको काम गर्दै आएका एकवाल अहमद होटलको सबैभन्दा पछाडिको कोठमा सुतिरहेका थिए । अचानक ठूलो आवाज आएपछि व्यूँझिएका अहमदले आफू मुस्किलले बाँचको बताउनुभयो । हमद ६ महिनादेखि होटलको त्यही कोठमा भाडामा बस्दै आउनुभएको छ । बम बिस्फोटपछि घरभित्रै लुकेका स्थानीय बासिन्दाहरु प्रहरी आएपछि मात्र  बाहिर निस्किएका थिए । असार-१३, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्