27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 11:51

TRENDING .

नेपालगञ्जमा इदः शुभकामना साटासाटसँगै भोट माग्दै उम्मेदवारहरु

- Advertisement -

नेपालगंज, बाँकेको सदरमुकाम समेत रहेको नेपालगञ्ज उपमहानगरपालिका मुस्लिम समुदायको बाहुल क्षेत्र हो । यहाँको निर्वाचनको परीणामलाई मुस्लिम समुदायको जातिय भोटले पनि निकै ठूलो प्रभाव पार्दै आएको छ । ६२ हजार ३ सय ९७ मतदाता मध्ये झण्डै २६ हजार मतदाता त मुस्लिम समुदायकै मात्रै छन् । मुस्लिम समुदायकै मतलाई क्यास गर्न भन्दै राजनीतिक दलहरूले पनि मुस्लिम नेताहरूलाई नै चुनावी मैदानमा उतारेका छन् ।

एमाले र संघीय समाजवादी फोरमबाट मेयरमै मुस्लिम उम्मेदवार छन् भने कांग्रेस र राप्रपाले मेयर र उपमेयर दुबै उम्मेदवार मुस्लिम समुदायभन्दा बाहिरबाट उम्मेदवार उठाएको छ । माओवादी केन्द्रले मुस्लिम समुदायबाट उपमयेर उम्मेदवार बनाएको छ ।

मुस्लिम समुदायका सबैभन्दा ठूलो पर्व इदको अवसरमा सोमबार नेपालगञ्जस्थित बीपी चोकको इदगाहा भन्ने स्थानमा ठूलो संख्यामा मुस्लिमहरू भेला भएर सामूहिक नवाज गरे ।

असार १४ गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूलाई एक महत्वपूर्ण अवसर थियो यो । सबै जसो दलका मेयर, उपमेयर र वडाध्यक्षका समेत उम्मेदवार मुस्लिम समुदायसँग गला मिलाउँदै भोट मागिरहेको दृश्य निकै नै रोचक देखिन्थ्यो ।

आइतबार राति १२ बजेबाट उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने गरी मौन अवधि शुरु भएपनि इदलाई भने उम्मेदवारहरूले मत माग्ने राम्रै अवसर बनाए । कांग्रेसका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडिया, एमाले उम्मेदवार समशुद्धिन सिद्धिकी, माओवादीका मेयर उम्मेदवार दमोदर आर्चाय र राप्रपाका धवलशम्शेर राणा प्रार्थना स्थल बाहिर देखिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्