8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

त्रिशूलीमा बेपत्ता प्रहरीको शव नवलपरासीमा भेटियो

- Advertisement -
- Advertisement -spot_imgspot_img

पहिरोका कारण बेपत्ता भएका प्रहरी जवान लीलबहादुर चेपाङको शव भेटिएको छ। नवलपरासीको देवचुली नगरपालिका १७ को कुजौलीमा आइतबार दिउँसो शव भेटिएको हो।

नारायणीको पुलबाट नदीमा शव बगेको देखेपछि प्रहरीको टोलीले खोजी गरेको थियो। खोजी गर्दै जाँदा कुजौलीमा शव भेटिएको प्रहरीले जनाएको छ।

नारायणीको भंगालेमा अड्किएको अवस्थामा शव भेटिएको हो। शवलाई पोष्टमार्टमका लागि भरतपुर ल्याइएको छ। गोरखा मकैसिंहका चेपाङ इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत थिए। पहिरो हटाएर फर्कने क्रममाना १ झ १३९० नम्बरको प्रहरीको गाडीलाई पहिरोले बगाएको थियो।

गएको बिहीबार राति इच्छाकामना गाउँपालिका ६ कालिखोला नजिक खसेको पहिरोले प्रहरीको गाडीसहित चार जनालाई बगाएको थियो। बेपत्ता मध्ये दुई जनाको मृत्यु भएको थियो। पहिरोमा बेपत्ता अर्का प्रहरी जवान सन्दीप कार्की अझै बेपत्ता छन्। असार-११, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!