8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नवलपरासीको सुनवलमा चुनावी र्‍यालीलाई लक्षित गरेर बम प्रहार, ५ घाईते १ जनाको अवस्था गम्भीर

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको सुनवलमा चुनावी प्रचारमा हिडेको सवारीमा आज दिउंसो बम प्रहार भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल ३ मा रहेको नदुवा सोमनाथ बाबा पुल नजिकै बम प्रहार भएको हो । नेकपा माओवादी केन्द्रको चुनाव प्रचारको -यालीमा हिडेको लु १ ख ६७७३ नम्मरको गाडीमा बम प्रहार हुदा ५ जना घाईते भएका छन् । घाईते हुनेमा चालक नरबहादुर विक, सुनवल १२ का मिना चौधरी, १४ वर्षिय श्रीकान्त केवट , ४६ वर्षिय फुल कुमारी कडरीया, होम नारायण चौधरी सामान्य घाईते र ४५ वर्षिय बेला कुमारी कडहरीया गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
बम कस्ले र किन प्रहार गर्यो भन्ने विषयमा केही पनि नखुलेको प्रहरीले जनाएको छ । माओवादी केन्द्रले भने प्रतिकृयावादीले चुनावलाई बिथोल्ने मनसायले बम प्रहार गरेको भन्दै घोर भत्सर्ना गर्दै जस्तो सुकै अवस्थामा पनि जनताको अभिमत लिन नचुक्ने बताएको छ । गम्भिर घाईतेको लुम्बिनी मेडीकल कलेज बुटवलमा उपचार भइरहेको छ । असार-११, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!