ईटहरी उपमहानगरपालीकामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभा नजिकै बम भेटिएको छ । आज ईटहरी उपमहानगर पालीका चोकमा रहेको सेती खोला भन्ने स्थानमा आयोजित चुनावी सभा छेउमा प्रेसर कुकर बम भेटिएको हो ।
एमाले अध्यक्ष केपि ओलीले सभालाई सम्बोधन गर्न लागेका बेल बम भेटिएपछि कार्यक्रममा सहभागीहरु बीच भागदौड मच्चिएको छ । अज्ञात समुहले राखेको उक्त बम अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर डिस्पोज गरिसकेको हाम्रा सहकर्मीले जनाएका छन् । प्रहरीले भने उक्त बस्तु बम नभएको कसैले त्रास फैलाउन राखिदिएको जनाएको छ ।