8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा÷वेपत्ता दुई प्रहरी जवानको खोजी कार्य जारी

- Advertisement -
- Advertisement -spot_imgspot_img
नारायणगढ मुग्लिन सडकखण्डमा झरेको पहिरोमा परि वेपत्ता भएको दुई प्रहरी जवानको अवस्था अझै अज्ञात रहेको छ । पहिरोमा वेपत्ता भएको प्रहरी जवान र ईलाका प्रहरी कार्यालय मुग्लिनको ना १ झ १३९० नम्वरको भ्यानको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पहिरोमा परि तनहुँ रुपाकोटका प्रहरी जवान सन्दिप कार्की र गोरखा मकैसिङ घर भएका लिलबहादुर चेपाङ बेपत्ता हुनुभएको हो । उहाँहरुको खोजीका लागी नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी टोली विहान ८ बजेबाट खटिएको चितवनका प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिनुभयो ।
त्रिशुली नदीको सम्भावीत ठाउँमा वेपत्ता प्रहरी जवान र प्रहरी भ्यानको खोजी गरिने उहाँले बताउनुभयो । पहिरोमा परी इलका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत प्रहरी साहयक निरिक्षक धादिङ खनियावास गाउँपालिका ४ बस्ने २९ वर्षका निश्चलकुमार तामाङ र बारा हरैया ६ बस्ने वर्ष ३० का प्रहरी जवान दीपककुमार मास्केको मृत्यु भएको थियो ।
बिहिरबार राती १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको भ्यान र ना ५ ख ७८२७ नंको ट्रक बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलोमा गएको पहिरो पन्छाएर फर्किने क्रममा प्रहरीको भ्यान पहिरोमा परेको हो ।
नारायणगढ मुग्लिन सडकखण्डम अहिले पनि सवारीको चाप रहेको प्रहरीले जानकारी दिएको छ । सवारी आवगमन सहज बनाउन नियमिति रुपमा विहान १० बजेबाट बन्द हुँदै आएको सडकखण्ड आज पनि सुचारु रहने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सडकको अवस्था जिर्ण रहेकाले वैकल्पिक मार्गको प्रयोग गर्न पनि स्थानिय प्रशासनले सबैसँग आग्रह गरेको छ ।
बैकल्पिक मार्गको रुपमा पुर्वबाट काठमाण्डौ भित्रिने सवारी साधानहरुलाई हेटौँडा, कुलखानी हुँदै काठमाण्डौ र बर्दीबास सिन्धुली हुँदै काठमाण्डौ जाने सडकको प्रयोग गर्न आग्रह  गरिएको छ । त्यस्तै पश्चिमबाट आउने सवारी साधानका लागी बुटवल, पाल्ला, पोखरा हुँदै मुग्लिन भएर काठमाण्डौ जोड्न सडकको प्रयोग गर्न स्थानिय प्रशासनले आग्रह गरेको छ ।
सवारी आवगमन सहज बनाउनको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मुग्लिनमा ४, सिमलटार, जुृगडी र रामनगरमा २/२ जना ट्राफिक प्रहरी तैनाथ गरिएको छ । ओभरट्याक गर्दा ट्राफिक जाम बढ्ने भएकाले ओभरट्याक नगरी सवारी साधान चलाउन पनि ट्राफिक प्रहरीले सवारी चालकसँग आग्रह गरेको छ । असार-१०, २०७४
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!