परासी, नेकपा (माओवादी केन्द्र) सुनवलको निर्वाचन प्रचार गाडीमा गत राती अज्ञात समुह द्धारा आगजनी भएको छ ।
राती १० वजे सम्म निर्वाचनको प्रचार प्रसार गरी फर्केको गाडिमा रातीको समयमा अजात समुहले आगजनी गरेको माओवादीका केन्द्रीय सदस्य सुर्य न्यौपानेले बताउनु भएको छ । लु १ ज १८१६ नम्बरको जिपमा घर अगाडी रोकी राखेको अवश्थामा रातीको समयमा अज्ञात समुहले आगजनी गरि ध्यवस्त भएको छ । आगजनीमा संलग्नको खोजी भई रहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख जेशी शाहले बताउनु भयो । आगलागिमा विप्लब समुहको संलग्नता रहेको अनुमान गरिएको भए पनि विप्लव समुहले अहिले सम्म कुनै प्रकारको जिम्मा लिएको छैन । केही समय पहिला विप्लव समुले मेयरका उमेदवारहरुलाई निर्वाचनमा भाग नलिन भन्दै पत्राचार गरेको माओवादी जिल्ला कार्यालय नवलपरासीले जनाएको छ । असार-८, २०७४
- Advertisement -

- Advertisement -

- Advertisement -
