27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:49

TRENDING .

भूकम्प पिडितले पाए ट्याक्सी नम्बर, गोलाप्रथाद्वारा वितरण सुरु

- Advertisement -

ललितपुरको च्यासलमा बुधबार भूकम्प प्रभावित १४ जिल्लाका भूकम्पपीडितका लागि ट्याक्सीको नम्बर प्लेट वितरण गर्न गोलाप्रथाद्वारा आवेदकको नाम छनौट गर्दै यातायात विभागका कर्मचारी। वितरण गरिने १५ सय वटा नम्बर प्लेटका लागि गत वर्ष १ लाख ४९ हजार ५ सय ५८ भूकम्पपीडितले आवेदन दिएका थिए।

यातायात व्यवस्था विभागले आजबाट भुकम्प पिडितलाई ट्याक्सी नम्बर प्लेट बितरण सुरु गरेको छ। विभागले ललितपुरको च्यासल मैदानमा गोला प्रथाबाट नुवाकोट, काभ्रेलान्चोक र रामेछापका ४ सय ९१ भुकम्प पिडितलाई ट्याक्सी नम्बर प्लेट वितरण गरेको हो।

यी तीन जिल्लाबाट कूल ४८ हजार ९ सय ६५ जनाले ट्याक्सी नम्बरको लागि अवेदन दिएका थिए। विभागले गत चैत २६ गते नै नम्बर वितरण गर्ने भनेपनि पहिलो चरणको स्थानिय तह निर्वाचनको कारण रोकिएको थियो।

गोलाप्रथा गर्दा कुनै जिल्लाको पिडितलाई धेरै र कुनै जिल्लाको पिडितलाई थोरै पर्न सक्ने सम्भावनाको कारण विभागले आवेदन परेको संख्याको आधारमा निश्चित कोटा समेत निर्धारण गरेको छ। जस अनुसार काभ्रेपलान्चोकका २० हजार २७ जनाले आवेदन दिएकोमा २ सय १ पिडितले, नुवाकोटबाट १२ हजार ४ सय ७१ आवेदन दिएकोमा १ सय २५ जनाले र रामेछापबाट १६ हजार ४ सय ६७ आवेदन दिएकोमा १ सय ६५ जनाले ट्याक्सी नम्बर प्लेट पाउने भएका हुन्।

त्यसैगरी बाँकी ११ जिल्लाका पिडितलाई बिहिबार र शुक्रबार वितरण गरिने छ। बितरणको दोस्रो दिन बिहीबार सिन्धुपाल्चोक, सिन्धुली र दोलखाका ५ सय १३ जनाले नम्बर प्लेट पाउनेछन् भने पर्सी शुक्रबार ओखलढुङ्गा,मकवानपुर, धदिङ, रसुवा,गोरखा, काठमाडौं, ललितपुर र भक्तपुर गरी ८ जिल्लाका ४ सय ९६ भुकम्प पिडितले नम्बर प्लेट पाउनेछन्।

भुकम्पबाट अति प्रभावित १४ जिल्लका पिडितलाई ट्याक्सी बितरण गर्न यातायात व्यवस्था विभागले गत साउन ५ गते देखी भदौ ५ गतेसम्म आवेदन लिएको थियो। असार-७, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्