8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

मुसाले सु सु गर्दा फोन सेवा प्रभावित

- Advertisement -
- Advertisement -spot_imgspot_img
कावासोती, मुसाले सु गर्दा घर फोहर भएको त सुन्नु अनि भोग्नु भएकै होला तर यहा त मुसाले पिसाव गर्दा पुरै नगरपालिकाको ल्याण्डलाईन फोनमै समस्या आयो भन्ने सुन्दा जोक्स गरे जस्तो लाग्ला तर नवलपरासीको कावासोती नगरपालिकामा ठ्याक्कै त्यस्तै भएको छ ।  कावासोति नगरपालिकाका करिव १ हजार ल्यान्डलाईन फोनबाट सम्पर्क गर्दा डायलटोन नबज्ने, फोन नलाग्ने, लागे पनि एक घण्टी बजेपछि काटिने, बोल्दाबोल्दै पनि पटक पटक काटिने नसुनिने समस्या भएको छ । आकस्मिक र अत्यावश्यकीय कामले प्रहरीलाई फोनगर्दा होस फोन विग्रियो भनेर गुनासो गर्ने नेपाल टेलिकमलाई नै सम्पर्क गर्दा पनि सम्पर्क हुन सकिरहेको छैन । त्यसैले अत्यवश्यकीय  कामहरु पनि प्रभावित भएका छन । कावासोति नगरपालिकामा गत शनिबार बाट फोनमा समस्या आएको हो । खासगरी ल्यान्डलाईन फोन सेवा बढी प्रयोग गर्ने संघसंस्था, कार्यालयहरु मारमा परेका छन । यस क्षेत्रका सञ्चार माध्यम बढी प्रभावित भएका छन । “फोनले राम्ररी काम नगरे पछि आफ्नो कार्यालयको काम प्रभावित भएको छ, धेरैको गुनासो छ ।
नवलपरासीको कावासोती क्षेत्रमा नेपाल टेलिकमको ल्यान्डलाईन फोन सेवामा समस्या आएपछि सेवाग्राहि हैरान भएका छन । फोनको टोनमा समस्या आएपछि सेवाग्राहीले शनिबार देखि सास्ती खेप्न बाध्य भएका छन् । फोन सेवामा समस्या आउदा जिल्लाको कावासोती आसपासका सेवाग्राही मर्कामा परेको बताउनु हुन्छ कावासोती १५ निवासी रुमाकान्त पाण्डे  “मैले धेरै पटक फोन लगाए घण्टी गयो तर  कतै उठेन मैले मेरै फोन बिग्रेको होला भन्ने ठानेको फोन मै समस्या रैछ”  फोन सेवामा समस्या आएको तीन दिनपछि मात्रै नेपाल टेलिकमको कार्यालय नवलपरासीले फोन सेवा समस्या हुनुको कारणबारे जानकारी दिएको छ । नेपाल टेलिकम कावासोतीका प्रमुख प्रभुराम मौर्याले तार विग्रेकोले फोनमा समस्या आएको बताउनु भयो । विग्रेको तार फेर्नको लागी काठमाण्डौबाट ल्याउने प्रयास भैरेको उहाँले जानकारी दिनु  भयो , तार आईपुग्ने बिक्तिकै सो समस्या २/३ दिनमै समाधान हुने प्रमुखले बताउनु भयो । तर उहाँले खास कुरा खोल्नु भयो “शुत्रवार राती मुसाले तारमा सु गरे छ, त्यसै कारणले फोनमा समस्या भएको हो” । असार-६, २०७४
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!