27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:28

TRENDING .

नवलपरासीको ३ नगरपालिकामा ३६ जनाले मेयरमा र ३ गाउंपालिकामा २२ जनाले अध्यक्षमा मनोनयन दर्ता

- Advertisement -

परासी, नवलपरासीका सात वटा स्थानिय तहमा करिब १ हजार ५सय जनाले उम्मेदवारी दिएका छन्  । विभिन्न दल र स्वतन्त्र रुपमा विभिन्न पदका लागी १ हजार ५ सय जनाले उम्मेदवारी दिएका हुन् । ५ नम्बर प्रदेशमा पर्ने यहाको ३ नगरपालिकामा ३६ जनाले मेयरमा र ३ गाउंपालिकामा २२ जनाले अध्यक्षमा मनोनयन दर्ता भएको छ । दोस्रो चरणको स्थानिय निर्वाचनको उम्मेद्धारी दर्ता नवलपरासीमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । नवलपरासीमा दोस्रो चरणको निर्वाचनमा ७ वटा पार्टिहरुले भाग लिएका छन् । विहान ८ वजे देखि शुरु भएको उमेदवारी दर्तामा राजपा नेपाल बाहेक ७ पार्टिले मनोयन दर्ता गराएका छन् । राजपा नेपालले विरोध गर्ने कार्यक्रम भए पनि कडा सुरक्षा व्यवस्थाका कारण शान्तिपुर्ण तरीकाले उमेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस, एमाले, माओवादि, राप्रपा, बहुजन,नयाँ शक्ति नेपाल, नेपाल फोरम लोकतान्त्रिक र संघिय समाजवादि लगायत पार्टिहरुले मनोयन दर्ता गराएका छन् । भने नयाँ शक्ति नेपाल, नेपाल फोरम लोकतान्त्रिक र संघिय समाजवादि पार्टिको गठबन्धन भएको छ । कडा सुरक्षाका साथ सुरु भएको उमेदवारी दर्तामा सुनवल नगरपालिका बाट मेयरमा १३ जस्मा स्वतन्त्र ५, उपमेयरमा १० स्वतन्त्र ३, बर्दघाट नगरपालिकामा मेयर १३ स्वतन्त्र ५, उपमेयर ७ स्वतन्त्र २, प्रतापुर गाँउपालिकामा अध्यक्ष ८ स्वतन्त्र ३ उपाध्यक्षमा ५, त्रिवेणी गाँउपालिकामा अध्यक्ष ७ उपाध्यक्ष ५, पाल्हीनन्दन गाँउपालिकामा अध्यक्ष ७ स्वतन्त्र ३ उपाध्यक्ष ६ र रामग्राम नगरपालिकामा मेयरमा १० स्वतन्त्र ३ उपमेयरमा ७ जना रहेका छन् । त्यस्तै रामग्राम नगरपालिकाको मेयर पदको १० जना उमेदवमर मध्ये एक तेस्रो लिङ्गि पनि उमेदवारी दिएका छन् । नेकपामालेबाट गिता सैथवारले तेस्रो लिङ्गिमा उमेदवारी दिएको रामग्राम नगरपालिकाका मुख्य निर्वाचन अधिकृत कैलाश केसिले बताउनु भएको छ । असार-५, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्