8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

दार्जीलिङ गोर्खा आन्दोलनमा दुई जनाको मृत्यु, आन्दोलन थप हिंसात्मक हुदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

एजेन्सी, दार्जीलिङमा भइरहेको आन्दोलनमा प्रहरीको गोली लागि दुईजनाको मृत्यु भएको छ। शुरक्षाकर्मि तर्फ पनि घाईते भएको भन्ने खबर छ, दुवै तर्फ कति हताहती भो भन्ने एकिन हुन भने सकेको छैन । केही दिनदेखि विद्यालय तहको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गरेपछि चर्किएको आन्दोलन हिंसात्मक बन्दै गएको हो ।

भाषाको विवादबाट सुरु भएको आन्दोलनमा छुट्टै गोर्खाल्याण्ड राज्यको माग उठ्न थालेको छ । सरकारी कार्यलयहरुमा आन्दोलनकारीहरुले दिनहुँ आगजनी गरेका छन् । दार्जीलिङमा आन्दोलन हिंसात्मक हुँदै गएकोमा पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले गोर्खा जनमुक्ति मोर्चालाई अन्य राज्य र देशसँग मिलेर आन्दोलन चर्काएको आरोप लगाउनुभएको छ । मुख्यमन्त्री बनर्जीले आन्दोलनकारीको मृत्यु नभएको दावी गरे पनि मोर्चाका असिस्टेन्ट सेक्रेटरी बिनय तामाङले प्रहरीले गोली हानी मोर्चाका दुई जना समर्थकको हत्या गरेको बताउनुभएको छ ।

पर्यटकीय क्षेत्र दार्जीलिङ घुम्न गएका हजारौं पर्यटकले दार्जीलिङ छाडेका छन् । मोर्चाले दार्जीलिङमा सय वर्षदेखि गोर्खाल्याण्ड राज्यको माग हुँदै आएको र आन्दोलनको बटमलाइन गोर्खाल्याण्ड राज्य नै भएको बताएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!