8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

UPDATE: यात्रुबस दुर्घटना हुदा ११ जनाको मृत्यु, (सनाखत सहित)

- Advertisement -
- Advertisement -spot_imgspot_img

दैलेखको आठवीस नगरपालिका–४ खिड्कीजिउलाको नैनेलस्थानमा बुधबार बस दुर्घटना हुँदा ११ यात्रुको ज्यान गएको छ। कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ बस दुर्घटना भएको थियो। दुर्घटनामा परी ज्यान गुमाएका सबै ११ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरु

  • सिंहा नेपाली – विनायक नगरपालिका, अछाम
  • रुपा नेपाली – विनायक नगरपालिका, अछाम
  • धिरेन्द्र विसी – भैरवस्थान, अछाम
  • युवराज शाही – राजकोट नगरपालिका–६, कालिकोट
  • सुनिल शाही – शान्नित्रिवेणी गाउँपालिका, कालिकोट
  • धर्मराज शाही – रासकोट नगरपालिका–५, कालिकोट
  • प्रकाश शाही – रासकोट नगरपालिका–५, कालिकोट
  • कविता शाही – रासकोट नगरपालिका–५, कालिकोट
  • मेनका फर्साल – रासकोट नगरपालिका–६, कालिकोट
  • होइजाली सुनार – शान्नित्रिवेणी–६, कोलिकोट
  • मंगल कसेरा – बाजुरा

 

दुर्घटनामा हामफालेर ज्यान जोगाएका चालक प्रेम सुनार र सहचालक प्रेमबहादुर सिंह दुर्घटना लगतै दौडेर राकम प्रहरी चौकीमा पुगेका थिए । चालकले अघिल्लो टायर चिप्लियर नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताएका छन् ।

दुर्घटनामा घाइतेमध्ये दुई जनालाई हेलिकप्टर र अरु ९ जनालाई एम्बुलेन्सबाट सुर्खेत र नेपालगञ्ज लगिएको छ । अन्य सातज घाइतेको ७ राकममै उपचार भइरहेको प्रहरी प्रमुख डिएसपी केदार रजौरेले जानकारी दिए।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!