27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 10:42

TRENDING .

गृहमन्त्रीलाई ट्राफिक प्रहरीको आग्रह, ‘जरिवानाको १५ प्रतिशत लिँदैनौं, जोखिम भत्ता पाउँ’

- Advertisement -

‘चिट काटेबापत पाउने १५ प्रतिशत रकम राजश्वमै जम्मा गरौं, त्यही पैसाको लोभले हामीलाई ट्राफिकले छाडेन् भनेर जनताले आलोचना गरिरहेका छन् ।’ बुधबार गृह मन्त्रालयमा ट्राफिक प्रहरी महाशाखाका डीआईजी मिङमार लामाले गृहमन्त्री र गृहसचिवसँग यस्तो आग्रह गर्दै भने, ‘बरु ट्राफिकका लागि जोखिम भत्ता अथवा स्वास्थ्य भत्ता दिने ब्यवस्था गर्न पाए हुन्थ्यो कि !’
डीआईजी लामाको भनाई सुनेपछि गृहमन्त्री जनार्दन शर्माले ट्राफिकको मेहनत देख्दा  आफूलाई दोव्बर तलव दिन मन लागेको सुनाए । भने, ‘उनीहरुको अवस्था देख्दा मलाई त दोब्बर तलव दिनपाए हून्थ्यो जस्तो लाग्छ, कसरी दिने राज्यले नमान्ला ।’ उपत्यकाको अस्तब्यस्त ट्राफिक ब्यवस्थापन बारे आईजिपी प्रकाश अर्याल र डिआईजी मिङमार लामाले गृहमन्त्री शर्मालाई मंगलबार ब्रिफिङ गरेका छन् ।
ब्रिफिङका क्रममा आईजीपी अर्यालले नेपालको यातायात सेक्टरमा भर्चुअल मोनोपोली हाबी रहेको र जतिसुकै सिन्डीकेट छैन भनेपनि पुर्वका केही स्थानबाहेक देशभर ब्यवसायीको सिन्डिकेट हावी रहेको बताए । ‘एउटा पार्टीकुलर प्वाईन्टदेखि अर्को प्वाईन्टसम्म चल्ने बस एउटा समितिको बाहेक अर्कोले चलाउन पाउँदैन’ यस्तो एकाधिकारका कारण पब्लिकले सुविधा पाएनन् ।’
सार्वजनिक सवारी साधन निश्चित समूहको नियन्त्रणमा हुँदा सप्लाई सीमित मात्रै हुने तर  डिमाण्ड धेरै हुने कारणले सर्वसाधारण निजी सवारी खरिद गर्न बाध्य भएको उल्लेख गर्दै अर्यालले भने, ‘कोही पनि सरकारी कार्यालयमा काम गर्छ र उसको दौरा सुरुवाल, कोट कुच्चिदैन र कुनै किसिमको दुब्र्यबहार हुँदैन भन्ने विश्वास भए पब्लिक भेहिकल चढ्न कुनै आपत्ति हुदैन, तर अहिले त्यो अवस्था छैन ।’
पब्लिक गाडीहरु सुविधा दिनेभन्दा आम्दानी गर्नेतिर लागेको हुनाले यहि अवस्थामा ट्राफिक ब्यवस्थापन सुधार नहुने उल्लेख गर्दै अर्यालले भने, ‘ट्राफिक ब्यवस्थापन चुस्त बनाउन नीतिगत सुधार गर्न जरुरी छ, दिनमा पाँच ठाउँमा सफाई गर्ने मान्छेहरु पनि मोटरसाइकल चढेर हिँड्छन्,किनभने पब्लिक बसले टाईम मेनेज गर्दैन सयमा पुगिन्न ।’ जेठ-३१, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्