8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले गर्यो ६ न्यायाधीशको नाम सिफारिस, को-को परे हेर्नुहोस

- Advertisement -
- Advertisement -spot_imgspot_img

न्याय परिषद्ले सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि गोपाल पराजुलीसहित ६ न्यायाधीशको नाम सिफारिस गरेको छ ।

परिषद्ले मंगलबार ति नामहरु सिफारिस गरेको हो । पराजुलीसँगै दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चालेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस भएको हो ।

उमेर हदका कारण अवकास पाउनुअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले गत मंगलबार ६ जनाको नाम सिफारिस गरेकी थिइन् । तर, कार्कीले गरेको यो सिफारिसको संवैधानिक हैसियत नहुने भन्दै परिषद्ले अर्को सिफारिस गरेको छ ।

न्याय परिषद्ले पठाएको नाम मध्येबाट संवैधानिक परिषद्ले नियुक्ति सिफारिस गर्नेछ । परिषद्को सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जेठ-३०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!