कावासोती, खगराज सापकोटा । नवलपरासीको प्रदेश नम्बर ५ मा पर्ने परासी क्षेत्रका काङ्ग्रेसले प्रमुख तथा उप-प्रमुखका उम्मेद्वारको टुंगो लगाएको छ। परासी क्षेत्रमा ३ वटा नगरपालिका र ४ वटा गाउपालिकामा स्थानीय तहको चुनाव दोस्रो चरणमा हुदैछ । सुनवन नगरपालिकाको मेयरमा भिम बहादुर थापा, उपमेयर तारा भन्डारी, रामग्राम नगरपालिकामा मेयरमा नरेन्द्र कुमार गुप्ता, उपमेयर रम्भा कुवर, बर्दघाट नगरको मेयरमा बिश्व प्रेम पाठक उपमेयरमा रमिता चौधरी, पाल्हिनन्दन गाउपालिका अध्यक्षमा राजेन्द्र सहानी उपाध्यक्षमा पबित्रा कोहार, सरावलको अध्यक्षमा प्रदीप अग्रहरी उपाध्यक्षमा उत्तमा राय, प्रतापपुर अध्यक्षमा राजकुमार शर्मा उपाध्यक्षमा टुंगो लगाउन बाकि छ भने सुस्ताको अध्यक्षमा हस्मुद्दिन खान उपाध्यक्षमा बिमला उपाध्यायले टिकट पाउनु भयो।