18.1 C
Kathmandu
Flowers in Chania

भारतीय आणविक उर्जाको जोखिम नेपालमा, भएन रोक्ने तयारी

- Advertisement -

दक्षिण एसियाली मुलुकहरुमा आणविक उर्जा भट्टी स्थापनाको बढ्दो होडबाजीको असर नेपालमा पर्ने प्रवल सम्भावना बढेको छ ।

वातावरणमा विकिरण (रेडियोधर्मी पदार्थ) को मात्रा मिसिएर जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सम्भावना उच्च रहेको विज्ञहरुको ठहर छ ।

छिमेकी मुलुकहरुमा आणविक भट्टीमा हुनसक्ने सम्भावित प्राकृतिक र मानवीय दुर्घटनाका कारण नेपाल त्यस्तो जोखिममा रहेको विज्ञहरु बताउँछन् । भारतको उत्तरप्रदेशस्थित नारोरा प्लान्ट र बंगलादेशमा निर्माणाधीन भट्टी नेपाली सीमा क्षेत्रबाट क्रमशः १ सय ९० र २ सय ७० किलोमिटरका हाराहारीको हवार्य दूरीमा रहेको बताइएको छ ।

हाल भारतका विभिन्न प्रान्तमा करिब २ दर्जन आणविक भट्टी सञ्चालनमा छन् भने बंगलादेश आगामी ५ वर्ष भित्रमा २ वटा भट्टी सञ्चालनमा ल्याउने तयारीमा जुटेको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । जेठ-२५, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्