8.1 C
Kathmandu
Flowers in Chania

शपथ लिए लगत्तै देउवाले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने, कम बोल्छु, बढी गर्छुः देउवा

- Advertisement -

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सानो आकारको मन्त्रिमण्डलसहित शपथग्रहण गर्ने भएका छन्। देउवाले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शपथग्रहण गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको शपथ लिएसँगै देउवाले सानो अकारको मन्त्रिमण्डल गठन गर्ने छन्। देउवाले माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट सहभागी हुने मन्त्रीहरुलाई समेटेर सानो मन्त्रिमण्डल विस्तार गर्ने बताइएको छ।

पहिलो चरणमा सानो मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेका देउवा शपथग्रहण कार्यक्रममा कांग्रेसबाट दुईजना, माओवादी केन्द्रबाट दुई तथा फोरम लोकतान्त्रिकबाट एकजनालाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा जुटेको स्रोतले जनाएको छ।

नेपाली कांग्रेसबाट गोपालमान श्रेष्ठ, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की पहिलो चरणको मन्त्रिमण्डलमा समावेश हुने सम्भावना छ। यसैगरी माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र जनार्दन शर्मा मन्त्री बन्ने भएका छन्।

शर्माले गृह मन्त्रीका रूपमा शपथ लिने बताइएको छ। यसैगरी कांग्रेसबाट महेश आचार्यले अर्थ मन्त्रालय पाउने र ज्ञानेन्द्रबहादुर कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने बताएको छ। यसैगरी फोरम लोकतान्त्रिकबाट पनि आजै एक जनाले मन्त्रीको शपथ लिने बताइएको छ।

माओवादी केन्द्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री चुनिनुभएको हो । प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटकको आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताउनुभएको छ । कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहालको सत्तारोहणकै बेला आलोपालो रूपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो ।

आरोपरप्रत्यारोप र तिक्तताबीच सत्ता हस्तान्तरण हुने गरेको नेपाली राजनीतिमा मंगलबार कामचलाउ प्रधानमन्त्री दाहालकै प्रस्तावमा देउवा मुलुकको ४० औं प्रधानमन्त्री चुनिनुभएको हो । ‘जाने प्रधानमन्त्री नै आउने प्रधानमन्त्रीको प्रस्तावक बस्नु यो विश्वकै नयाँ घटना होला’, दाहालले संसद्मा यस्तो धारणा राख्दा संसद् भवन तालीले गुञ्जायमान बनेको थियो । माओवादीसँग यति नजिक बन्नुभएका देउवा कुनै समय भने उनीहरूको ‘कट्टर दुस्मन’ हुनुहुन्थ्यो । माओवादी युद्धमा देउवा मात्र एउटा त्यस्तो व्यक्ति हो जसको दुईपटक हत्या प्रयास भएको थियो । त्यस्तै, देउवाकै प्रधानमन्त्रीत्वकालमा माओवादीका शीर्ष नेताहरूको टाउकाको मोल तोकिएको थियो । जेठ-२४, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्