8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

अब संसद अवरोध नहुने, भोलि प्रधानमन्त्री चयन हुने, एमाले सहभागी हुने तर देउवाको बिपक्षमा मतदान गर्ने

- Advertisement -
- Advertisement -spot_imgspot_img

प्रधानमन्त्री छनोट प्रक्रिया त्रुटीपूर्ण भएको भन्दै व्यवस्थापिका संसद अवरुद्ध गरिरहेको नेकपा एमालेले निःशर्त संसदको अवरोध फिर्ता लिएको छ । साथै एमाले प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी हुन सहमत भएको छ । तर  भोलिको बैठकमा एमाले प्रधानमन्त्री निर्वाचनको प्रक्रियामा सहभागी हुने तर देउवाको विपक्षमा मतदान गर्ने एमाले नेता भीम रावलले बताएका छन् । एमालेले प्रधानमन्त्रीलाई लागि वामदेव गौतमको उम्मेदवारी दिने चर्चा गरे पनि पछिल्लो समयमा उसले उम्मेदवारी दिएको छैन ।

संसदको अवरोध हटाउने विषयमा सोमबार अपरान्ह सभामुखको पहलमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । सो बैठकमा एमाले नेताहरु संसद सुचारु गर्न सहमत भएका हुन् । सभामुखको रोहबरमा बसेको सोमबारको बैठकमा कांग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एमाले नेता केपी ओली, सुवास नेम्वाङ, माओवादी नेता प्रचण्ड, नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो ।

तीन दलवीच भएको सहमति अनुसार मंगलबार संसद बैठक सुचारु हुनेछ । बैठक प्रारम्भ भएपछि तीन दलका शीर्ष नेताहरुले व्यवस्थापिका संसदलाई सम्वोधन गर्नेछन् । नेताहरुको सम्वोधनसँगै सभामुख ओनसरी घर्तीले पहिलो चरणको बैठकमा राष्ट्रपति कार्यालयको पत्र लगायतका विषयहरुबारे सदनलाई जानकारी गराउने छिन् ।

संसदलाई सभामुखले राष्ट्रपतिको पत्रबारे जानकारी गराउनुका साथै शीर्ष नेताहरुको सम्वोधनपछि अर्को चरणको बैठक बस्नेछ । त्यस संगै  प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु हुनेछ । प्रधानमन्त्रीका लागि संसद सचिवालयमा शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेका कारण एक जनाका लागिमात्रै भोटिङ हुनेछ । एकजनाको मात्रै उम्मदेवारी परे पनि भोटिङमा जानैपर्ने संवैधानिक एवं कानूनी प्रावधान छ ।

जेठ-२२, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!