कावासोती, कावासोती नगरपालिकाका नवनिर्वाचत जनप्रतिनिधीहरुले नगरपालिकालाई हरित शहरको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनिहरुले नगरलाई स्वच्छ सफा राख्ने र हराभरा बनाउने आफुहरुको पहिलो प्राथमिकता भएको बताएका छन् । विश्व वातावरण दिवसको अबसरमा वातावरण पत्रकार मञ्च नवलपरासीले आज कावासोतीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्ने अधिकांश जनप्रतिनिधीले नगरपालिकाको फोहर व्यवस्थापन गर्ने , नगर क्षेत्रका सडकका दुबैं किनारामा रुख रोप्ने , नगरभित्रका ताल तथा पोखरीहरुको संरक्षण गर्ने , सिमसार क्षेत्रको संरक्षण गर्ने आफुहरुको प्राथमिकताको बिषय भएको बताए । कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया थारुले वातावरण संरक्षणका लागि नगरपालिकाले दिर्घकालिन र अल्पकालिन योजना निर्माण गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले नगर क्षेत्रमा फोहर मैंला व्यवस्थापन ठुलो चुनौंतीको रुपमा रहेको भन्दैं यसको तत्काल व्यवस्थापनका लागि नगरकार्यपालिका लागि परेको बताउनुभयो । फोहर मैंला व्यवस्थापनका सम्बन्धमा कावासोती नगर कार्यपालिकाको दोस्रो बैंठकले ठोस निर्णय गर्ने उहाको भनाई थियो । नगर उप प्रमुख मर्दनियाले बिश्वमा भईरहेको बढ्दो कार्वन उत्सर्जनका कारण जलवायुमा भएको परिवर्तनले बिश्वका सबैं देशलाई चिन्तित बनाएको भन्दैं यसको न्युनीकरणका लागि लाग्न सबैं संग आग्रह गर्नुभयो । उहाले पछिल्लो समय पृथ्वीको बढ्दो तापक्रमका कारण पृथ्वी संकटमा पर्दे गएकाले यस तर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाले कावासोती नगर क्षेत्रमा नर्सरीहरु स्थापना गरि हरित शहर र हरित गाउको अबधारणामा अघि बढ्ने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर १ का अध्यक्ष नारायण पन्त , २ का अध्यक्ष लक्ष्मी प्रसाद पौंडेल , ३ का अध्यक्ष अमृत कुमार श्रेष्ठ , ४ का अध्यक्ष रमाकान्त चापागाई , ५ का अध्यक्ष हरि बास्तोला , ६ का अध्यक्ष हेमु पाण्डे , ७ का अध्यक्ष नन्द कुमार गुरौं , ९को अध्यक्ष नेत्र प्रसाद खतिवडा , १० का अध्यक्ष टेक नारायण महतो , ११ का अध्यक्ष शारदा प्रसाद अधिकारी , १२ का अध्यक्ष खेम प्रसाद काफ्ले , १३ का अध्यक्ष विनोद राना , १५ का अध्यक्ष देब नारायण महतो र १७ का अध्यक्ष छविलाल महतोले आफ्ना आफ्ना वडाका वातावरणीय मुद्धाहरुका बारेमा प्काश पार्दे वातावरण मैंत्री वडा बनाउने तर्फ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कावासोती नगरपालिकाका वातावरण अधिकृत संगिता सुवेदीले कार्यपत्र प्रस्तुत गनभएको थियो भने पत्रकार रमेश बस्ताकोटीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सेक्टर बन कार्यालय कावासोतीका प्रमुख कृष्ण देबकोटा , सामुदायिक बन उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष ठाकुर पाण्डे लगायतले बोल्नुभएको थियो । वातावरण पत्रकार मञ्च नवलपरासीका अध्यक्ष शालिकराम कोईरालाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मञ्चका सदस्य वीरेन्द्र पराजुलीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो भने सदस्य तिर्थराज डुम्रेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । जेठ-२२, २०७४