8.1 C
Kathmandu
Flowers in Chania

यो हो विश्वकै पहिलो नग्न बस्ती

- Advertisement -

विश्वमा सबैभन्दा पहिले नग्न बस्ती कुन देशमा बस्यो होला ? पत्यार नलाग्न सक्छ, यस्तो निर्वस्त्र वस्ती दुनियामा सबैभन्दा पहिले छिमेकी देश भारतमा बसेको हो । झण्डै १२५ वर्ष पहिले अर्थात् सन् १८९१ मा भारतको मुम्बई नजिकै रहेको थाणेमा विश्वकै पहिलो न्युडिस्ट कोलोनी अर्थात् नग्न बस्ती बसेको थियो ।

उक्त नग्न बस्तीको नाम थियो, द फेलोसिप अफ द नेकेड ट्रस्ट । संस्थापक थिए, चाल्र्स एडवार्ड गार्डन क्रार्फड । उनी तत्कालीन न्यायाधीश पनि थिए । एडवर्ड कारपेन्टर नामका व्यक्ति चाहीँ भिक्टोरियाकालीन बेलायतमा कर्मी थिए । उनलाई गे गुरु पनि भनिन्थ्यो । भारतका रविन्द्रनाथ टेंगोरसँग उनको दोस्ती भयो । एडवर्डले चाल्र्सद्धारा लिखित चारवटा पत्र फेला पारे । जसमा चाल्र्सले आफुले खोलेको फेलोसिप अफ नेकेड ट्रस्टको नाम उल्लेख गरेका थिए ।

यो न्युडिस्ट क्लब निकै सानो थियो । जसमा तीनजना सदस्य थिए । चाल्र्स क्रार्फड, एन्ड्रू र केलग काल्डरवुड । चाल्र्स एक विदुर थिए भने अन्य दुईजना एक मिसनरीका छोराहरु । पछि एक अर्की महिलाले पनि यो न्युडिस्ट क्लबको सदस्यता लिन चाहेकी थिइन् तर दिइएन ।

चाल्सले आफ्नो पत्रमा लेखेका छन्ः हामीले दुई दिनको विदा कपडा नलगाइकन मनाउँथ्यौँ । बिहानदेखि रातिसम्म नांगै बस्थ्यौं । त्यसक्रममा घरका कामदारलाई पनि विदा दिन्थें । तर त्यसको एकवर्ष भित्रैमा चाल्सले एथेल नामक एक महिलासँग पुनर्विवाह गरेर रत्नागिरी गए । त्यसपछि उक्त निर्वस्त्र वस्ती बन्द भयो । जेठ-२२, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्