8.1 C
Kathmandu
Flowers in Chania

लागु औषध सहित दुई युवा पक्राउ

- Advertisement -

नवलपरासी,२१ जेठ ।
ईलाका प्रहरी कार्यालय नवलपुरले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोती नगरपालिका ८ मा यात्रु वाहक बसबाट लागु औषध सहित दुई जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा चितवन रत्ननगर १२ बस्ने बर्ष २५ का गोविन्द प्रधान र काठमाण्डौ १७ क्षेत्रपाटी बस्ने बर्ष २२ का रोहन माली रहेका छन । उनिहरुलाई बिहान ९ बजे नवलपरासीको त्रिवेणी बाट काठमाण्डौ जादै गरेको लु १ ख ७९४५ नम्बरको यात्रु वहाक बसबाट लागु औषध सहित पक्राउ गरीएको हो ।
उनिहरुको साथबाट नाईट्रोभेट ३ सय ट्याबलेट,फेनेरागन २२ ,डाईजापाम २२ र ३ वटा सिरिन्ज बरामद गरीएको छ । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय नवलपुरमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्