8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

दोस्रो चरणको चुनाव फेरी सर्‍यो, असार १४ गते गर्ने सरकारको निर्णय

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाण्डौ, असार ९ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति फेरि पनि सरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् वैठकले दोस्रो चरणको चुनावको मिति असार १४ गतेका लागि तय गरेको छ ।

मुस्लिम समुदायको पर्व रमझानलाई मध्यनजर गरेर असार ९ गतेका लागि सारिएको दोस्रो चरणको चुनाव अव असार १४ गतेका लागि सारिएको हो । यस अघि जेठ ३१ गतेका लागि तय भएको दोस्रो चरणको चुनाव राजपालगायतका असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन भन्दै असार ९ का लागि सारिएको थियो । तर, असार ९ गते शुक्रवार मुस्लिम समुदायको रमझामका कारण अर्को मितिमा चुनाव गर्ने निर्णय भएको हो ।

हिजो मात्र मुस्लिम सुमदायका प्रतिनीधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले असार ९ गतेको मितिमा पुनर्विचार हुने बताएका थिए । हिजोनै प्रधानमन्त्री प्रचण्डले चुनावको मिति परिवर्तनवारे निर्वाचन आयोग प्रमुख आयुक्तसँग छलफल गरेका थिए ।

त्यसपछि आज बसेको मन्त्रीपरिषद् वैठकले चुनावको मिति सार्ने निर्णय गरेको हो ।

यस अघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको थियो  । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ प्रदेशका ४६१ स्थानीय तहमा हुनेछ । प्रदेश नम्बर ३, ४ र ६ का ३८१ स्थानीय तहमा बैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ । जेठ-१७, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!