कावासोती, खगराज सापकोटा । नेपाल पत्रकार महासंघ नवलपरासीले नवलपरासीको नवलपुर क्षेत्रका नवनिर्वाचित प्रतिनिधिहरुलाई आज एक कार्यक्रम गरी बधाई तथा सम्मान प्रदान गरेको छ । उक्त कार्यक्रममा ४ नम्बर प्रदेश अन्तर्गत नवलपुर क्षेत्रका स्थानिय तहको निर्वाचनबाट निर्वाचित नगरपालिकाका प्रमुख, उप-प्रमुख, गाउपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई बधाई ज्ञापन गर्नुका साथै सम्मान गरिएको हो ।
बधाई तथा सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं पूर्वसभासद समेत रहेका रोशन बहादुर गाहाले कर्मचारीबाट चलेको प्रशासन भन्दा जननिर्वाचित प्रतिनिधिले चलाएको प्रशासन प्रभावकारी तथा फरक हुनु पर्नेमा जोड दिनुभएको थियो । गाहाले नवलपरासी प्रदेशको हिसावमा दुईभागमा बिभाजन भएकाले नवलपुर क्षेत्रलाई नया जिल्लाको हिसाबबाट स्थापित गर्नको लागि सरकारसंग तुरुन्त माग गर्नु पर्ने दायित्व रहेको बताउनु भयो ।
कार्यक्रमका बक्ताहरुले अब जनताले सरल र छिटो तरिकाबाट आफूले चाहे अनुसार कार्यभएको अनुभुति सके सम्म छिटो गर्न पाउने गरी जन प्रतिनिधिहरुले काम गर्नु पर्नेमा जोड दिएका थिए । नेपाल पत्रकार महासघ नवलपरासीका सभापति होमराज रानाभाटको अध्यक्षतामा आयोजित बधाई तथा सम्मान कार्यक्रमको संचालन महासंघका सचिव राजकुमार रेश्मीले गरेका थिए भने उपाध्यक्ष हरि शर्माको स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रम कावासोतीको देवचुली टेलिभिजनको हलमा सम्पन्न गरिएको हो । नवलपरासीको नवलपुर क्षेत्रमा ४ गाउपालिका र ४ वटा नगरपालिकाबाट जनप्रतिनिधि चुनिएका छन् । जेठ-१६, २०७४
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
