निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न गठन गरेको छाननि समितिले चितवनमा आएर काम सुरु गरेको छ । छानविन समितिका संयोजक गिताप्रसाद तिमल्सिना नेतृत्वको समितिले भरतपुरमा आएर काम अघि बढाएको हो । समितिका सदस्यहरु हिजो (सोमबार) नै भरतपुरमा आएको हो । छानविन समितिले अध्ययन गरेर रिपोर्ट बुझाएपछि यसबारे निर्वाचन आयोगले निर्णय लिनेछ । त्यसबेलासम्म मतगणना रोकिएको छ । समितिले हिजो देखि नै अनुसन्धान प्रक्रिया अघि बढाएको छ । समितिले यसबारे आज जिल्लाका राजनीतिक दलहरुसंग छलफल समेत गर्न लागेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि बिथोलिएको थियो । भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएको थियो । जेठ-१६, २०७४