8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

मुनाफा बढाउंदै जीवन बीमा कम्पनी

- Advertisement -
- Advertisement -spot_imgspot_img

प्रकाश न्यौपाने
बुटवल, जेष्ठ । जीवन बीमा कम्पनिहरुले गत आर्थिक वर्षको वर्ष जीवन बीमा कम्पनीहरुको खुद मुनाफा उल्लेख्य मात्रामा बढाएका छन् । पछिल्ला वर्षहरुमा जीवन बीमा कम्पनिहरुको नाफाको बृद्धिदर बाट पनि नेपालमा जीवन बीमा गर्ने विमितको संख्या र जीवन बीमा गर्ने रकम (विमाड्ढ रमक)मा समेत निकै वृद्धि भएको पाइन्छ ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुरंँस लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेस कम्पनी, लाईफ इन्स्योरेन्स कपोरेशन नेपाल, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान, मेट लाइफ गरी ९ वटा कम्पनिले नेपालमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । जीवन बीमा गर्ने यी नौ वटै कम्पनिहरुको मुनाफ गत वर्षको तुलनामा निकै बढेको छ जसले गर्दा नेपालको बीमा बजार केही माथि उठेको छ ।

कुन कम्पनिको कति मुनाफाकमाएका छन् त ?
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी
यस कम्पनिले आफ्नो स्थापनाको १० वर्ष पार गरीरहदा गत वर्षको तुलनामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुनाफा साढे सात गुणाले बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्सले ७९ लाख रुपैयां मात्रै खुद मुनाफा आर्जन गरेको कम्पनिले भने चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्या लाइफ कम्पनीले छ करोड तीन लाख रुपैयंँ खुद मुनाफा आर्जन गरेको छ ।
गुरंँस लाइफ इन्स्योरेन्स कम्पनी
गुरंँस लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमसको तुलनामा मुनाफामा एक सय ५० प्रतिशत भन्दा बढी वृद्धि गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड १५ लाख रुपैयंँ खुद मुनाफा आर्जन गरेको गुरंँसले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ८८ लाख रुपैयां खुद मुनाफा आर्जन गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको तुलनामा ७२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २३ करोड ८० लाख रुपैयंँ खुद मुनाफा आर्जन गरेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४० करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफामा ४७ दशमलव २१ प्रतिशतले वृद्धि गरी १७ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेशनल लाइफ इन्स्योरेन्सले ११ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
एशियन लाईफ इन्स्योरेस कम्पनी
एशियन लाईफ इन्स्योरेस कम्पनी लिमिटेडको खुद मुनाफा ४५ दशमलब ६१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा दुई करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

लाईफ इन्स्योरेन्स कपोरेशन नेपाल
लाईफ इन्स्योरेन्स कपोरेशन नेपाल लिमिटेडको नाफा २८ दशमलव ९१ प्रतिशतले बढेको छ । तेस्रो त्रैमासमा कम्पनीले ३२ करोड १४ लाख रुपैयंँ मुनाफा आर्जन गरेको छ । जबकि, गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले मुनाफा २४ करोड ९० लाख रुपैयाँ थियो ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ८२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्सले नौ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

जीवन बीमा कम्पनीहरुको मुनाफाको अवस्था हेर्दा नेपालमा जीवन बीमा क्षेत्र सबल दिशाा तिर लागीरहेको देखिन्छ । बीमा समितिले जीबन बीमा कम्पनीको चुक्तापुंजी दुई अर्ब पुर्याउनुपर्ने व्यवस्था गरेसंगै कम्पनीहरुले अहिले आफ्नो चुक्तापुंजी बढाउने दौडधुपमा लागेका छन् ।
कतिपय जीवन बीमा कम्पनीहरुले त हकप्रद सेयर र बोनस सेयर जारी गरेर पुंजी बढाउन थालिसकेका छन् । भने जीवन बीमाकै क्षेत्रमा १० वटा कम्पनिहरु थपिएका छन् । पुराना कम्पनीहरुको चुक्तापुंजी बढाउने र नयां कम्पनीहरु पनि संगसंगै प्रवेश गर्नुले नेपालको जीवन बीमा क्षेत्रमा निकै लगानी भिœयने देखीन्छ जसले गर्दा नेपालको जीवन बीमा अझ सबल र विश्वसनीय बन्ने अपेक्षा गरिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!