8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

भरतपुरको मतगणना स्थगित, हार्ने निश्चित भएपछि मतपत्र च्यातियोः देबी ज्ञवाली, मैले जित्ने भए पछि एमाले आतियो : रेणु दाहाल, छानबिन हुन्छ : आयोग

- Advertisement -
- Advertisement -spot_imgspot_img

चितवन, भरतपुर महानगरपालिकाको जारी मतगणना गएराती मत गणक प्रतिनिधिहरूले मतपत्र च्याते पछि स्थगित भएको छ । मतगणनाको अन्तिम चरणमा पुगिसक्दा पनि माओवादी केन्द्र तथा नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा एमालेका देवी ज्ञवालीसँगको प्रतिस्पर्धामा मतअन्तर सोचेजस्तो घटाउन नसकेपछि माओवादी कार्यकर्ताहरू हुलदंगामा ओर्लिएको एमालेका कार्यकर्ताको आरोप लगाएका छन्।

भरतपुर महानगरपालिकामा माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको एमाले मेयरका उम्मेदवार देबी ज्ञवालीले दाबी गरेका छन् । यसबारे आफूहरुलाई पूर्वसूचना भएकाले सुरक्षाकर्मीलाई जानकारी गराएको तर रोक्नेतर्फ ध्यान नदिइएको आरोपसमेत उनले लगाए । मतगणनास्थल कभर्डहलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै ज्ञवालीले भने, ‘हार्ने निश्चित भइसकेपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको छ र राज्यसत्ताको दुरुपयोग गरिएको छ ।’

‘बदर मतको संख्यामा विवाद भयो र झडपजस्तै स्थिति आयो, त्यसपछि मतपत्र च्यात्ने काम भयो,’ माओवादी उम्मदेवार रेणुले भनिन्-‘मैले जित्ने अवस्था आउन थालेपछि एमालेका साथीहरु आत्तिनुभएको थियो, के गरौं कसो गरौं भनेर बाहना खोजिरहनुभएको थियो ।

माओवादी चितवनको जिल्ला अध्यक्ष मधु न्यौपाने र माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र एमालेले मत पत्र चयातेको को आरोप लागेका छन् । उनीहरुले रेणु दाहालले अन्तिम अवस्थामा मतान्तर कम हुदै गएको र रेणुले जित्ने पक्का भएको आकलन भएपछि एमाले प्रतिनिधिहरुले मतपत्र च्यातेको दावी गर्दै आएका छन् ।

गणनास्थलमा सहभागी माओवादी प्रतिनिधिहरूले नै मतपत्र च्यातेर अवरोध खडा गरेको अन्य दलका प्रतिनिधिले जानकारी दिए। उनिहारूका अनुसार मतपत्र च्यात्ने केही माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

मतपत्र च्यात्नुअघिसम्मको परिणाअनुसार दाहाल र ज्ञवालीको मतान्तर ७ सय ३३ पुगेको थियो। आइतबार साँझसम्म २७ वडाको मतगणना सकिँदा उनीहरुको मतान्तर ७ सय ८४ थियो भने अहिले मतान्तर अलिकति घटेको हो। ज्ञवालीले ४१ हजार ६ सय ४१ मत ल्याएका छन् भने दाहालले ४० हजार ९ सय ८ मत ल्याएका छन्।

मध्यरातमा मतपत्र च्यातिएपछि स्थिति तनावपूर्ण भएको थियो । यो घटनापछि मतगणनाको वातावरण विग्रिएको भन्दै निर्वाचन अधिकृतले पनि मतगणना अनिश्चितकालसम्मका लागि स्थगित भएको घोषणा गरेका छन् । जेठ-१५, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!